Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

होलीमा भीडभाड हुने कार्यक्रम नगर्न आग्रह

खबरडबली संवाददाता

हेटौँडा। फागु पूर्णिमा (होली) पर्वका अवसरमा भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बिहीबार विज्ञप्ति जारी गर्दै होलीका दिन भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरेको हो । अत्यावश्यक कारणवश कार्यक्रम गर्नुपर्ने भएमा पूर्वअनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने जनाइएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसार तथा मौन अवधिभित्र फागुन १८ र १९ गते होली पर्व परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहिता परिपालनलाई ध्यानमा राख्दै यस्तो आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, मतदाता तथा जिल्लावासीबिच आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम रहने अपेक्षासहित शुभकामना व्यक्त गरिएको छ ।

जिल्ला सुरक्षा समितिले होली पर्वलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले मर्यादित, सभ्य र अनुशासित ढङ्गले मनाउन तथा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार, धार्मिक संघ–संस्था, आम नागरिक तथा सरोकारवालालाई आह्वान गरेको छ ।

होली मनाउने नाममा कसैको इच्छाविपरीत जबरजस्ती, अमर्यादित तथा उच्छृङ्खल व्यवहार नगर्न पनि अनुरोध गरिएको छ । साथै मादक तथा नशालु पदार्थ सेवन नगर्ने, सेवन गरी सवारी साधन नचलाउने, सार्वजनिक स्थलमा होहल्ला नगर्ने, चर्को आवाजमा बाजा ९डिजे० नबजाउने तथा छिमेकीलाई असर पर्ने खालका गतिविधि नगर्न भनिएको छ ।

पटका पड्काउने, आतिशबाजी गर्ने, कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, फोहर पदार्थ छ्याप्ने तथा दु:ख–हैरानी दिने जस्ता कानुनविपरीतका गतिविधि नगर्न प्रशासनले चेतावनी दिएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण परिपालन गर्न तथा उल्लङ्घनसम्बन्धी तथ्यपरक जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय, आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत वा नजिकको सुरक्षा निकायमा उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा, विपन्नले पाउने नि:शुल्क उपचार सेवा सुरु भइसकेको दाबी

काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...

अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, के छन् एजेण्डा ?

काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका नेपाली पक्राउ

काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...

कार्की आयोगको प्रतिवेदन संसद् सचिवालयमा पुग्यो

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...

कांग्रेसको अध्ययन समितिको ५२ पृष्ठको प्रतिवेदन बुझाइयो, कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...

बाढीको समस्या दीर्घकालिन रुपमा समाधान हुने आशा

बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् ।   रा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending