Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

महाकाली सन्धिबारे स्पष्ट छु, मेरो हस्ताक्षर छैन: देवराज घिमिरे

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट झापा–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व सभामुख देवराज घिमिरे ले महाकाली सन्धिबारे आफू स्पष्ट रहेको बताएका छन्। सामाजिक सञ्जालमा फैलिएका टिप्पणी र प्रश्नप्रति लक्षित गर्दै उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

घिमिरेले महाकाली सन्धिका विषयमा सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा समेत जिज्ञासा आएको उल्लेख गर्दै यस विषयमा भ्रम फैलाइएको बताएका छन्। “महाकाली सन्धिबारे म स्पष्ट छु। जो–जोले प्रश्न सोधिरहनुभएको छ, मैले जवाफ दिइरहेको छु,” उनले लेखेका छन्।

उनले ‘घृणाको राजनीति’ गर्न खोज्नेहरूलाई कम्तीमा सन्धिको अध्ययन र विश्लेषण गर्न आग्रह गरेका छन्। “जसले घृणाको राजनीति गर्न खोजिरहनुभएको छ, उहाँहरूलाई सन्धिबारे अध्ययन गर्न अनुरोध गर्दछु,” उनको भनाइ छ।

केही दिनअघि एक व्यक्तिले ‘भाइरल बनाउने नियतले’ भिडियो खिचेर सोही विषयमा प्रश्न गरेको र नियोजित उद्देश्य थाहा पाएपछि आफूले जवाफ नदिएको घिमिरेले स्पष्ट पारेका छन्। उक्त भिडियो अहिले एक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको उनको आरोप छ।

महाकाली सन्धिका सन्दर्भमा आफूले कुनै पनि हैसियतमा हस्ताक्षर नगरेको उनले दाबी गरेका छन्। “म उक्त समयमा सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहदामा थिइनँ,” उनले उल्लेख गरेका छन्। लोकतान्त्रिक पार्टीमा आन्तरिक बहस हुने र आफूले पार्टीभित्र आफ्नो मत राखेको मात्र भएको उनको भनाइ छ।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी देशसँग सन्धि गर्ने हैसियत नै नहुने नबुझिएको देख्दा आफूलाई दु:ख लागेको उनले जनाएका छन्।

पछिल्ला ५० वर्षदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै घिमिरेले राजनीति आफूका लागि पेशा नभई सेवा भएको बताएका छन्। “बिना श्रमको पैसा एक रुपैयाँ लिएको छैन। ओहोदा र प्राप्तिका लागि राजनीति गरेको छैन,” उनले लेखेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलियम पदार्थको बिक्रीमा रोक

कालीकोट। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको ...

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटनामा संलग्नहरू एउटै भएको दाबी गरेका छन्। चितवनमा भएको चुनावी सभाल...

फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीको उम्मेदवारबीच बहस गर्न कांग्रेसको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेस ले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारका प्रधानमन्त्री उम्मेदवारबीच फागुन १८ गते खुलामञ्चमा सार्वजनिक बहस गर्ने प्रस्ताव ग...

म रवि लामिछाने भएकै कारण बोल्न परेको हो: रवि लामिछाने

मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनुहोला

नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ: बालेन शाह

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेन्द्र शाह (बालेन) ले मुलुकले नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै व्यवस्...

चितवनले पर्यटनको माध्यमबाट देशलाई सिकाउनुपर्छ: बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेन्द्र शाह (बालेन) ले चितवनले नेपालमा पर्यटन प्रवर्धनमा उदाहरण प्रस्तुत गर्नुपर्ने ...

अब सदनमा २१ होइन, १५१ जनाको सहभागिता हुनेछ : हरि ढकाल

काठमाडौं। चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले अबको प्रतिनिधिसभामा आफ्नो पार्टीबाट १५१ जनाको सहभागिता...

यो सामान्य निर्वाचन होइन, तीनवटा प्रवृत्तिबीचमा जनमत संग्रह हुँदैछ: प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक, फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको...

सुशासन र विकासका लागि कांग्रेसलाई बहुमत दिनुस् : सभापति थापा

बुटवल। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन र विकासका लागि नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गरेको छन्। उनले नेपाली कांग्रेस बदलिएर ...

महाकाली सन्धिबारे स्पष्ट छु, मेरो हस्ताक्षर छैन: देवराज घिमिरे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट झापा–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व सभामुख देवराज घिमिरे ले महाकाली सन्धिबारे आफू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE