Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता : दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास

खबरडबली संवाददाता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गरेको छन्।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्रीले राजदूत माओमिङले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र नेपाल–चीनबीचको मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

चिनियाँ राजदूत माओमिङले व्यस्तताका बाबजुद भेटका लागि समय उपलब्ध गराएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिए। उनले मुलुकमा शान्ति, सुरक्षा र विधिको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सुनिश्चित गरेको भन्दै प्रधानमन्त्रीलाई बधाई ज्ञापन गरे। नेपालको लोकतान्त्रिक प्रक्रियामा चीनको सदैव साथ र सहयोग रहने प्रतिबद्धतासमेत उनले दोहोर्‍याए।

प्रधानमन्त्री कार्कीले नेपालको निर्वाचन प्रक्रियामा चीनबाट प्राप्त सदासयताप्रति कृतज्ञता ज्ञापन गरिन्। साथै, विकासका विभिन्न परियोजना र साझेदारीका क्षेत्रमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरिन्।

भेटका क्रममा प्रधानमन्त्री कार्की र राजदूत माओमिङले दुवै देशका जनताले मनाउँदै गरेको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गरे। संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलो गरी जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको र 'एक चीन नीति' प्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारिन्। उनले छिमेकी मुलुकको अहित हुने कुनै पनि गतिविधि नेपाली भूमिमा हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

राजदूत माओमिङले नेपाल सरकारको नीति र अडानका लागि चिनियाँ जनता तथा चिनियाँ राष्ट्रपतिका तर्फबाट धन्यवाद व्यक्त गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ, हामी पहिलो काम शक्तिशाली आयोग गठन गर्छौ: गगन थापा

काठमाडौं। गगनकुमार थापाले नेपाली कांग्रेसले सरकार गठन गरे भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार पोखरामा आयोजित चु...

आचार संहिता उल्लंघनका सबै उजुरीको २० गतेभित्रै निर्णय हुने

काठमाडौं । निर्वाचन आयोग ले देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारभन्दा बढी आचारसंहिता उल्लंघनका घटनामा कारबाही गरिएको जनाएको छ। शुक्र...

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता : दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गरेको छन्। प...

पेट्रोलियम पदार्थको बिक्रीमा रोक

कालीकोट। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको ...

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटनामा संलग्नहरू एउटै भएको दाबी गरेका छन्। चितवनमा भएको चुनावी सभाल...

फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीको उम्मेदवारबीच बहस गर्न कांग्रेसको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेस ले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारका प्रधानमन्त्री उम्मेदवारबीच फागुन १८ गते खुलामञ्चमा सार्वजनिक बहस गर्ने प्रस्ताव ग...

म रवि लामिछाने भएकै कारण बोल्न परेको हो: रवि लामिछाने

मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनुहोला

नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ: बालेन शाह

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेन्द्र शाह (बालेन) ले मुलुकले नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै व्यवस्...

चितवनले पर्यटनको माध्यमबाट देशलाई सिकाउनुपर्छ: बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेन्द्र शाह (बालेन) ले चितवनले नेपालमा पर्यटन प्रवर्धनमा उदाहरण प्रस्तुत गर्नुपर्ने ...

अब सदनमा २१ होइन, १५१ जनाको सहभागिता हुनेछ : हरि ढकाल

काठमाडौं। चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले अबको प्रतिनिधिसभामा आफ्नो पार्टीबाट १५१ जनाको सहभागिता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE