Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

ललितपुर–३ : उत्साहित उमेदवार, अन्योलमा मतदाता

खबरडबली संवाददाता

ललितपुर ।  ललितपुर–३ मा चुनावी माहोल तातिएको छ। टोल–टोलमा नाराबाजी सुनिन्छ, घर–दैलोमा व्यस्त उम्मेदवारहरू भेटिन्छन्। सामाजिक सञ्जाल प्रचारको अर्को मुख्य मैदान बनेको छ। उम्मेदवारका अनुहारमा आत्मविश्वास झल्किन्छ, तर मतदाताको मन भने अझै स्पष्ट देखिँदैन।

ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता यही क्षेत्रमा छन्। १ लाख २ हजारभन्दा बढी मतदाता रहेको यो क्षेत्रमा २० जना उम्मेदवार मैदानमा छन्, जसमा पाँच स्वतन्त्र छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भने अघिल्लो विजेता तोसीमा कार्कीलाई पुनः दोहोर्‍याएको छ भने अन्य दलले नयाँ अनुहार अघि सारेका छन्।

नेकपाकाे खानेपानीलाई मुख्य एजेन्डा

ललितपुर–३ को चुनावी प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार राजकाजी महर्जन अनुभवी राजनीतिक व्यक्तित्वका रूपमा प्रस्तुत भएका छन् । पहिलो संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन नेकपा (माओवादी) बाट विजयी बनेका महर्जन यसपटक २६ घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मैदानमा छन्। बदलिएको राजनीतिक समीकरण र नयाँ शक्तिको उदयबीच उनी पुरानो संगठन संरचना र जनसम्पर्ककै आधारमा मतदाता समक्ष पुगेका छन्।

घरदैलो अभियानमा सक्रिय महर्जनले यसपटक विशेषगरी खानेपानी समस्यालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। ललितपुर–३ का विभिन्न बस्तीमा दीर्घकालीन खानेपानी संकट रहेको भन्दै उनले यसलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। “सातामा एक पटक अनिश्चित समयमा पानी आउने अवस्था अन्त्य हुनुपर्छ,” उनी मतदातासँगको भेटमा दोहोर्‍याउँछन्। नियमित र पर्याप्त पानी आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने र दीर्घकालीन पूर्वाधार विस्तारमा पहल गर्ने उनको भनाइ छ।

खानेपानीसँगै उनले सहरी व्यवस्थापन, सडक विस्तार, सम्पदा संरक्षण र स्थानीय रोजगारी सिर्जनालाई पनि जोड दिएका छन्। विशेषगरी पाटन र खोकना क्षेत्रका पुराना बासिन्दासँगको सम्बन्ध र आन्दोलनबाट आएको पृष्ठभूमिलाई उनका समर्थकहरूले बलियो पक्षका रूपमा लिन्छन्।

तर, मतदाताको प्रश्न उस्तै छ—विगतको अनुभवलाई यसपटक कसरी परिणाममा रूपान्तरण गर्ने? महर्जनका लागि चुनौती केवल चुनाव जित्नु मात्र होइन, विश्वास पुनः स्थापित गर्नु पनि हो। खानेपानीजस्तो प्रत्यक्ष जनजीवनसँग जोडिएको मुद्दामा उनले कति विश्वसनीय योजना प्रस्तुत गर्छन् भन्ने कुराले नै उनको चुनावी यात्राको दिशा तय गर्ने देखिन्छ।v

एमालेको दाबी : ‘विकास हाम्रो प्राथमिकता’

पाटन क्षेत्रमा घरदैलो गरिरहेका एमाले नेता सन्दन थापा मगर निकै उत्साहित देखिन्थे। लामो राजनीतिक अनुभव र विकास निर्माणमा आफ्नो सक्रियता नै जितको आधार हुने उनको दाबी छ। भ्रष्टाचारविरुद्ध र सुशासनका मुद्दा आफ्नो पार्टीको पुरानै एजेन्डा भएको उनी बताउँछन्। कार्यकर्ताको सक्रियता देखेर उनी चुनावी परिणामप्रति आशावादी देखिन्थे।

पानीको पीडा : मतदाताको आक्रोश

तर, धापाखेल पुग्दा फरक दृश्य देखिन्छ। स्थानीय महिलाहरू खानेपानी समस्याले आक्रोशित छन्। सातामा एक पटक अनिश्चित समयमा आउने पानीले दैनिकी कष्टकर बनेको उनीहरूको गुनासो छ।
“दुई दिनमा दुई घण्टा मात्रै नियमित पानी आए पनि हुन्थ्यो,” एक स्थानीयले भनिन्, “पानी कहिले आउँछ भन्ने ठेगाना छैन। अफिस जानेहरूले कसरी जोहो गर्ने?”

उम्मेदवारका आश्वासनप्रति उनीहरू विश्वस्त देखिँदैनन्। अघिल्ला वाचा पूरा नभएको गुनासो दोहोरिन्छ।

कांग्रेसको आत्मविश्वास

खोकनामा भेटिएका नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठ पनि उत्साहित मुद्रामा देखिए। सहकारी र स्वास्थ्य क्षेत्रलाई मुख्य मुद्दा बनाएको उनले बताए। आफ्नो पक्षमा राम्रो माहोल बनेको उनको दाबी छ। प्रचार टोलीको सक्रियता पनि उल्लेख्य देखिन्थ्यो।

तर, खोकनाकै एक व्यवसायी भने चुनावी उत्साहबाट टाढा देखिए। “हामीजस्ता गरीखानेका लागि को जित्यो भन्ने खासै फरक पर्दैन,” उनले भने, “सुशासन र भ्रष्टाचार नियन्त्रणमा कसैले ठोस काम गरेको देखिँदैन।”

रास्वपा र अन्यको रणनीति

अघिल्लो निर्वाचनमा भारी मतान्तरले विजयी भएकी तोसीमा कार्की अहिले पनि घरदैलोमा सक्रिय छिन्। साथै सामाजिक सञ्जालमा उनको उपस्थिति बलियो छ। मतपत्रमा कसरी छाप लगाउनेदेखि करिडोर क्षेत्रको डुबान समस्या उठाउनेसम्मका गतिविधि उनी सार्वजनिक गरिरहेकी छन्।

चुनावी नाराले वातावरण तातिए पनि मतदाताको मन अझै शान्त छैन। विकासका वाचा, सुशासनका नारा र दैनिक जीवनका समस्या। यी सबैको बीचमा ललितपुर–३ का मतदाता यसपटक कसलाई रोज्ने भन्ने निर्णयको संघारमा छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending