चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ । बजारमा ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्यालाई समाधान गर्न शुक्रबार सरोकारवालासँगको छलफलपछि प्रशासनले ग्यास वितरणलाई आवश्यकतामुखी बनाउने तथा सम्भावित अनियमितता नियन्त्रण गर्न विशेष निगरानी बढाउने भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा हस्ताक्षरित सूचनाअनुसार ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण रूपमा अशक्त तथा अपाङ्गता भएका व्यक्ति तथा कोठा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइनेछ । यी लक्षित वर्गका व्यक्तिलाई ग्यास प्राप्त गर्न समस्या भएमा जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बर १६६०–५६५२००१ मा सम्पर्क गरी जानकारी गराउन सकिने सूचनामा उल्लेख गरिएको छ ।
नेपाल आयल निगमको निर्णय अनुरुप ग्याँस बिक्री वितरण गरी ग्यास उद्योगी तथा विक्रेताले आफूले प्राप्त गरेको र बिक्री गरेको परिमाणको स्पष्ट अभिलेख राख्नुपर्नेछ । उक्त विवरण दैनिक रूपमा जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । विवरणमा अनियमितता भेटिएमा कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।
प्रशासनले आम उपभोक्तालाई नजिकका विक्रेतासँग सम्पर्क गरेर ग्यास लिन, आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न तथा ग्यासको अभाव कम गर्न विद्युतीय चुल्हाको प्रयोग बढाउन आग्रह गरेको छ । कतै ग्यास लुकाइछिपाइ वा गैरकानूनी रूपमा बिक्री भइरहेको जानकारी पाएमा टोल–फ्री नम्बर वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नसमेत अनुरोध गरिएको छ । सूचनामा ग्यास वितरण प्रणालीलाई न्यायोचित बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - ०८:१६
बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...
फाल्गुन ३० गते, २०८२ - ०८:१४
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...
फाल्गुन ३० गते, २०८२ - ०८:१३
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...
फाल्गुन ३० गते, २०८२ - ०८:०५
भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र
फाल्गुन ३० गते, २०८२ - ०८:०३
कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...
फाल्गुन ३० गते, २०८२ - ०७:४५
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ । बजारमा ग्यासको आपूर्ति...
फाल्गुन ३० गते, २०८२ - ०७:४१
सिद्धार्थनगर। भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने...
फाल्गुन ३० गते, २०८२ - ०७:३७
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाश...
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...


प्रतिकृया लेख्नुहोस्: