महोत्तरी । सिङ्गो हिउँदमा पानी नपरेका कारण निराश बनेका महोत्तरीका किसानले राहत महसुस गरेका छन्। गत शुक्रबार र शनिबार परेको पानीले जग्गामा पर्याप्त चिस्यान बनाएपछि खेतीपातीका काम अघि बढ्ने आशले किसानलाई राहत मिलेको हो ।
पछिल्लो वर्षाले यसअघि पानी बेगर पहेँलिँदै गएका बालीनालीलाई अमृतकै काम गरेको किसान बताउँछन् । “जग्गा रुखिएर खनजोत गर्न पाइएको थिएन, वैशाखी तरकारीका लहरा र बोट ओइल्याउँदै थिए”, भङ्गाहा–४ का ६० वर्षीय किसान शुभनारायण ठाकुरले भने, “पछिल्लो वर्षाले निकै राहत दियो ।” वर्षा हुनअघि ओइल्याउँदै गएका वैशाखी तरकारीका लहरा एक दिनमै फेरिएर लहलहाउन लागेका ठाकुरको भनाइ छ । दुई दिनको वर्षापछि आइतबार मौसम उघ्रनासाथ खेतीपातीका काममा लाग्न किसानलाई सजिलो भएको छ ।
पछिल्लो वर्षाले खेतबारीमा लागेको बालीलाई पर्याप्त चिस्यान भएको र अब बर्खे धान र अन्य बाली लगाउन जग्गा खनजोत गर्न सकिने किसान बताउँछन् । “पानी नपाएर उखुका बोट सुक्दै थिए, पानी परेर निकै राहत मिल्यो”, बर्दिबास–७ मनहरिपुरका ३० वर्षीय युवा किसान निरबहादुर खत्रीले भने, “अब बर्खे धान, मकै, कोदो र जुनेलोसहितका बाली लगाउन खेतबारी खनजोत गर्न थालिन्छ ।” पछिल्लो वर्षाले आँप, लिची र रूखकटहरसहितका गर्मीयामका फललाई औधी राहत मिलेको किसानको भनाइ छ ।
“पानी नपर्दा आँप र लिचीका मज्जर (फुल, मञ्जरी) र चिचिलामा मधुवा (यी फलमा लाग्ने एक प्रकारको डढुवा रोग) लागेर सखाप पार्दै थियो, पानी परेपछि फलका बोटका हाँगाबिँगामा लागेको जालो र मधुवा पखालिएपछि केही राहत मिलेको छ”, बर्दिबास–५ चेरुका ७० वर्षीय फलफूल किसान होतराज घिमिरेले भने, “अब भने मधुवाको उपचारले काम गर्ला ।” फलफूलका बोटका जरामा पर्याप्त चिस्यान भएपछि दाना पोटिलो हुनेसँगै रोगको आक्रमण पनि कम हुने किसानको विगत अनुभव छ ।
गत शुक्रबार साँझपख वर्षा हुनुअघि चलेको हावाहुरीले बालीनालीमा सामान्य क्षति गरेको छ । खासगरी घोगा लाग्न सुत्ला चेपेका मकैका बोट लडाउनसँगै ठाउँठाउँमा वैशाखी तरकारीका लहरा हुरीले हुत्याएर चुँडाएको किसानले बताएका छन् । तर पानी पर्न थालेपछि हावाहुरी रोकिएको हुँदा धेरै क्षति नभएको किसानको भनाइ छ । शुक्रबार साँझ र शनिबार दिनभरि पानी पर्दा खेतबारीमा अब केही समयका लागि चिस्यान रहने किसानले आस सँगालेका छन् ।
यसपालि हिउँदमा पानी नपर्दा फागुन मध्यदेखि नै चर्कंदै गएको गर्मीको राप पछिल्लो वर्षाले निकै घटाएको छ । बालीनालीलाई अनुकूल हुनसँगै मौसम केही चिसिँदा कामकाजमा जुट्न पनि निकै सजिलो भएको यहाँका किसान बताउँछन् ।
अबका आउने केही महिना खेतीपातीका लागि व्यस्त समय रहने हुँदा बेलाबेलामा अनुकूल वर्षा भइरहोस् भन्ने किसानको मनमा छ । वर्षा मात्र पनि अनुकूल भइदिँदा उत्पादनमा निकै राम्रो प्रभाव रहने बर्दिबास–६ कृष्णपुरका पाका किसान ६५ वर्षीय रघु काफ्लेको भनाइ छ।
जिल्लामा जम्मा ७१ हजार हेक्टर कृषियोग्य जग्गा भए पनि १० प्रतिशतमा मात्र कुलोनहरको पानी लाग्ने सिञ्चित जग्गा छ । अधिकांश जग्गा इनार, स्यालोट्युबवेल र बोरिङमा मोटर जडान गरेर किसानले बाली सिँचाइ गर्दै आएका छन् ।
लामो समयसम्म पानी नपर्दा यस्ता वैकल्पिक सिँचाइका स्रोतका मुहान चाँडै सुक्दा किसान समस्यामा पर्दै आएका छन् । यसरी वैकल्पिक सिँचाइका साधनसमेत जोडिँदा जिल्लामा करिब २० प्रतिशत जग्गा सिञ्चित रहेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । यसबाहेकका ८० प्रतिशत जग्गा आकासे पानीकै भरमा गर्नुपर्दा किसान बालीनाली लगाउन र बचाउन वर्षा पर्खनुपर्ने अवस्थामा छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: