Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

प्रधानमन्त्रीको दौडमा बालेन, तर १७४ पालिका प्रमुखविहीन

खबरडबली संवाददाता

काठमाडौँ। नयाँ सरकार गठनको तयारी भइरहँदा देशभरका १७४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेका छन्। म्याद सकिएको अन्तरिम व्यवस्थापछि निर्वाचन सम्पन्न भएसँगै बालेन्द्र शाह प्रधानमन्त्री बन्ने तयारीमा छन्। तर उनी नेतृत्वमा आउन लाग्दा स्थानीय सरकारको प्रशासनिक संरचनामै गम्भीर रिक्तता देखिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशका ७५३ स्थानीय तहमध्ये ५७९ मा मात्रै स्थायी प्रमुख प्रशासकीय अधिकृत पदस्थापित छन्। बाँकी १७४ तह कार्यवाहक वा निमित्तको भरमा सञ्चालन भइरहेका छन्। यसले विकास निर्माण, बजेट कार्यान्वयन र सेवा प्रवाहमा प्रत्यक्ष असर पारेको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन्।

छ महानगरपालिकामध्ये सबैमा सहसचिव तहका प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन्। तर ११ उपमहानगरपालिकामध्ये ६ वटामा पद रिक्त छ। २७६ नगरपालिकामध्ये ९० र ४६० गाउँपालिकामध्ये ७८ मा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत छैनन्। धेरै ठाउँमा तल्लो तहका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको छ भने कतिपय स्थानमा एकै अधिकृतले दुई पालिकाको जिम्मेवारी सम्हालिरहेका छन्।

प्रादेशिक रूपमा मधेस प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ। त्यहाँका १३६ स्थानीय तहमध्ये ५७ मा प्रमुख प्रशासकीय अधिकृत छैनन्। सुदूरपश्चिमका ८८ मध्ये ३४ र कर्णालीका ७९ मध्ये ३२ स्थानीय तह रिक्त छन्। तुलनात्मक रूपमा बागमती र गण्डकी प्रदेशमा रिक्तता कम छ।

जिल्ला समन्वय समितिहरूमा पनि अवस्था सन्तोषजनक छैन। ७७ मध्ये २४ जिल्लामा जिल्ला समन्वय अधिकारीको पद खाली छ। मन्त्रालयभित्रै पनि शाखा अधिकृत तहका २३ दरबन्दी पूर्ति हुन सकेका छैनन्।

स्थानीय तहमा प्रशासनिक नेतृत्व नहुँदा आर्थिक अनुशासन, योजना तर्जुमा र पारदर्शितामा चुनौती थपिएको सरोकारवालाहरूको भनाइ छ। निमित्तको भरमा चल्ने पालिकामा दीर्घकालीन निर्णय हुन नसक्ने र अनियमितताको जोखिम बढ्ने बताइन्छ।

मन्त्रालयका अधिकारीहरूका अनुसार कर्मचारी अभावमा दुर्गम क्षेत्रमा जान अनिच्छा र कतिपय स्थानमा जनप्रतिनिधि–कर्मचारीबीचको असमझदारी दुवै कारण रहेका छन्।

संघीय शासन व्यवस्थामा स्थानीय सरकार नागरिकसँग प्रत्यक्ष जोडिएको पहिलो संरचना मानिन्छ। तर यही तहमा प्रशासनिक नेतृत्वको अभाव कायम रहँदा संघीयताको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ। नयाँ सरकार गठनसँगै यस समस्याको दिगो समाधान कसरी खोजिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: