काठमाडौं । जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाएको निष्कर्षसहित जाँचबुझ आयोगले पाँच जना सामाजिक सञ्जालमा सक्रिय व्यक्तिको नाम सार्वजनिक गरेको छ।
आयोगको प्रतिवेदनअनुसार टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपानेले आन्दोलनका दिनहरूमा अपुष्ट तथा तथ्यहीन सामग्री प्रसारण गरी सर्वसाधारणमा भ्रम फैलाएको ठहर गरिएको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार भदौ २३ गते चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ शवको कंकाल भेटिएको भन्ने दाबी सामाजिक सञ्जालमार्फत प्रचार गरिएको थियो। त्यसैगरी भदौ २४ गते ३२ जना हराइरहेका प्रदर्शनकारी बानेश्वरस्थित संसद् भवनभित्र मृत अवस्थामा फेला परेको भन्ने सामग्री पनि प्रसारित भएको उल्लेख छ। आयोगले यी सामग्रीहरू तथ्यमा आधारित नभएको निष्कर्ष निकालेको छ।
यस्तै, एक विमान परिचारिकाले हिमालयन एयरलाइन्समार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुबईतर्फ गएको र आफूले प्रत्यक्ष देखेको दाबी गर्दै सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गरेको उल्लेख छ। उक्त दाबीको सम्बन्धमा हिमालयन एयरलाइन्सले औपचारिक खण्डन गर्दै प्रेस वक्तव्य जारी गर्नुपरेको प्रतिवेदनमा जनाइएको छ।
त्यसैगरी, नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भीडले आक्रमण गरेको तथा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भीडबाट जोगिन नदीतर्फ भागेको र कुटपिट गरिएको भन्ने भिडियो सामग्रीहरू पनि तथ्यहीन रहेको आयोगको निष्कर्ष छ।
आयोगले भ्रामक सूचना प्रसारणले सार्वजनिक शान्ति, सुरक्षा तथा राजनीतिक स्थिरतामा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै सम्बन्धित कानुनी प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...
चैत्र ११ गते, २०८२ - २१:१९
काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...
चैत्र ११ गते, २०८२ - २१:१८
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...
चैत्र ११ गते, २०८२ - २१:०८
काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...
चैत्र ११ गते, २०८२ - २१:०४
काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...
चैत्र ११ गते, २०८२ - २१:०१
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...


प्रतिकृया लेख्नुहोस्: