Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

झुप्रा खोलाबाट सिंहदरबारसम्म: गिटी कुट्दै हुर्काएकी छोरी मन्त्री बन्दा आमाबुवाको आशा

खबरडबली संवाददाता

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा पार्वती वादी टेलिभिजनमार्फत छोरीको शपथग्रहण हेरिरहेकी थिइन्। छोरीलाई पर्दामा देख्दा उनी भावुक बनिन्।

झुप्रा खोला किनारमा गिटी कुट्दै र बालुवा छान्दै जीवन धान्दै आएका गोपाल र पार्वती वादीका लागि छोरी मन्त्री बन्नु कल्पनाभन्दा बाहिरको घटना थियो। उनीहरू भूमिहीन छन्। खेतीपाती छैन। बसोबास गरिरहेको जमिनको लालपूर्जा पनि छैन। जीविकोपार्जनका लागि आज पनि गिटी कुट्ने र बालुवा छान्ने काम जारी छ।

फोनमार्फत कुराकानीमा पार्वतीले भनिन्, “हामीजस्ता गरिबले यस्तो दिन देखौँला भनेर सोचेकै थिएनौँ। छोरी मन्त्री हुँदा निकै खुसी लागेको छ।”

गिटी–बालुवाबाट अक्षरसम्म

पार्वती औपचारिक शिक्षाबाट वञ्चित रहिन्। तर छोरीलाई पढाउने दृढ अठोट भने छोडिनन्। “झुप्राको बास भए पनि गिटी कुटेरै भए पनि पढाउँछु भन्ने सोच थियो,” उनले भनिन्।

सीता सानैदेखि पढाइमा अब्बल थिइन्। ४ कक्षादेखि ९ कक्षासम्म उनलाई पढाएका शिक्षक गेहेन्द्रप्रसाद दाहालका अनुसार उनी मेधावी विद्यार्थीमा पर्थिन्। २०६० सालतिर बुवा गोपालको साथमा विद्यालय भर्ना भएकी सीताले त्यसपछि पढाइमा निरन्तरता पाइन्।

शिक्षा विभागमार्फत वादी समुदायका लागि छुट्टै छात्रवृत्ति व्यवस्थाको पहल पनि त्यही समयमा गरिएको थियो। २०५७ सालदेखि वादी समुदायले अलग्गै छात्रवृत्ति पाउन थालेको दाहालले बताए। “उनी मन्त्री बनेको सुन्दा गर्व लागेको छ,” उनले भने।

उच्च शिक्षा अध्ययनका क्रममा सीता ‘ज्योतिको घर’ नामक संस्थाको सहयोगमा अघि बढिन्। उनले राजनीति शास्त्रमा स्नातकोत्तर (मास्टर्स) उत्तीर्ण गरेकी छन्। 

परिवारको पृष्ठभूमि र संघर्ष

सीता परिवारकी जेठी छोरी हुन्। उनका दुई भाइ र एक बहिनी छन्। उनीहरू काठमाडौंमा बस्छन्। तर आमाबुवा अझै पनि झुप्रा खोलामै छन्।

गोपाल वादीले आठ कक्षासम्म अध्ययन गरेका थिए। वैदेशिक रोजगारीका लागि ऋण लिएका उनी एजेन्टको ठगीमा परे। त्यसको मानसिक असरसमेत परेको पार्वती बताउँछिन्। “छोरीको सफलताले उहाँको अवस्था पनि सुधारिन्छ कि भन्ने लागेको छ,” उनले भनिन्।

समुदायको आशा

झुप्रा खोलाको वादी समुदायबाट डिग्री उत्तीर्ण गर्ने पहिलो व्यक्ति नै सीता हुन्। अहिले पनि गरिबीका कारण धेरै बालबालिका पढ्न नसकेको पार्वतीको भनाइ छ।

छोरी मन्त्री बनेपछि समुदायले स्वास्थ्य, शिक्षा र आवासको मुद्दामा ध्यान दिनुपर्ने अपेक्षा गरेको छ। पार्वतीले भनिन्, “हामीलाई यही बस्तीमा लालपूर्जा दिनुपर्‍यो, होइन भने वैकल्पिक बसोबासको व्यवस्था हुनुपर्‍यो।”

सीता राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलित क्लस्टरअन्तर्गत समानुपातिक सांसद बनेकी हुन्। उनी वादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुन्

‘काम त गर्नैपर्छ’

छोरी मन्त्री बने पनि दैनिकी भने उस्तै छ। “गिटी–बालुवा नगरी कसरी चल्छ र ? झुप्रामा पानी बाहेक सबै किन्नुपर्छ,” पार्वती भन्छिन्। परिवारमा अझै पढ्दै गरेका सदस्य छन्। स्वास्थ्य र जीवनयापनका लागि आम्दानी आवश्यक छ।

झुप्रा खोलाबाट सिंहदरबारसम्म पुगेकी सीताको यात्राले एक परिवार मात्र होइन, सिंगो वादी समुदायलाई आशावादी बनाएको छ। अब ती आशाहरू नीतिगत निर्णय र व्यवहारिक परिवर्तनमा कति रूपान्तरण हुन्छन्, त्यसतर्फ सबैको नजर छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...

सडक पार गर्ने क्रममा पिकअपको ठक्कर, झापामा ७० वर्षीय वृद्धको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...

काठमाडौं उपत्यकासहित २५ भन्दा बढी जिल्लामा बाढीको जोखिम, साना नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...

देशभर बाढी–पहिरोको असर : मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...

कोशीमा हिक्मत कार्कीमाथि दबाब बढ्दै, मुख्यमन्त्री र दलको नेताबाट हटाउने तयारी

विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...

उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर छलीको आशंकामा अनुसन्धान

विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...

रोल्पा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...

आन्दोलन घोषणा गरेको केही घण्टामै पक्राउ परे दुर्गा प्रसाईं, सार्वजनिक शान्ति भंगको आरोप

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...

आन्दोलनको घोषणा लगत्तै दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending