काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सुरक्षा घेरामा रहने भएकाले जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको वरिष्ठ अधिवक्ता डा। विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा बहस गर्दै बताएका छन्।
ओलीको बंदी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै मिश्रले भने, “पूर्वप्रधानमन्त्री ओली मिर्गौलाको बिरामी भएर अस्वस्थ छन्, भाग्ने अवस्था छैन, पूर्वगृहमन्त्री लेखक पनि कतै जाने अवस्था छैन। सरकारले जरुरी पक्राउ पुर्जीको दुरुपयोग गरेको छ। यो अत्यन्त संवेदनशील विषय हो। जिल्ला अदालतको म्याद थपको आधारलाई वैधानिक मान्न सकिँदैन।”
यसअघि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पनि अदालतमा बहस गर्दै भनेका थिए कि मन्त्रिपरिषद्ले निर्णय नै गरेर कसैलाई गिरफ्तार गर्न नमिल्ने प्रावधान रहेको छ। उनका अनुसार ओलीलाई जरुरी पक्राउ पुर्जी जारी गरेर गिरफ्तार गर्नु प्रथम दृष्टिमै गैरसंवैधानिक छ। भट्टराईले थपे, “गौरीबहादुर कार्की आयोगको प्रतिवेदन हेरेर चयनमुखी पक्राउ गर्नु गैरकानुनी छ।” उनले विपक्षीलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिन अदालतसँग माग गरेका छन्।
त्यसैगरी, पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमेश बडालले पनि बहस गर्दै ओलीलाई हाजिर जमानीमा छोड्नुपर्ने र विपक्षीसँग २४ घण्टाभित्र लिखित जवाफ माग्नुपर्ने बताए।
ओलीको निवेदन आइतबार राधिका शाक्यले दर्ता गरेकी थिइन्। निवेदनमा भनिएको छ कि भदौ २३–२४ गतेको जेनजी आन्दोलनका घटनामा अनुसन्धानका लागि ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको छ र त्यसैले तत्काल रिहाइको माग गरिएको छ।
उक्त आन्दोलनमा भएको दमनका घटनामा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्धा चलाउन सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनको आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री ओलीलाई शनिबार पक्राउ गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...
आषाढ़ १२ गते, २०८३ - २०:१२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...
आषाढ़ १२ गते, २०८३ - २०:०७
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...
आषाढ़ १२ गते, २०८३ - २०:०३
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...



प्रतिकृया लेख्नुहोस्: