Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको गम्भीर आरोप

खबरडबली संवाददाता

काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’माथि हाल अमेरिका बस्दै आएकी एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकि छन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको जघन्य अपराध र त्यसले निम्त्याएको मानसिक आघातको खुलासा गरेकी हुन्।

ती युवतीका अनुसार यो घटना करिब एक वर्षअघिको हो। सानैदेखि डिप्रेसन र एन्जाइटीको समस्यासँग जुधिरहेकी उनी अमेरिका पुगेको केही समयमै मानसिक स्वास्थ्य बिग्रिएर अस्पताल भर्ना भएकी थिइन्। त्यतिबेला उनी गम्भीर डिप्रेसन र एन्जाइटीसँग जुधिरहेकी थिइन् र अस्पतालबाट डिस्चार्ज भएर घरमै स्वास्थ्य लाभ गरिरहेकी थिइन् ।

‘कुरा गर्दै जाँदा उहाँले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, आफ्नै दाइझैँ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको विषय आयो। मैले आफ्ना सबै पीडा, संघर्ष(रुँदै, बताउँदै, कति गाह्रो भइरहेको छ भनेर सुनाएँ। तर मलाई थाहा थिएन( जसलाई मैले दाइ मानेकी थिएँ, जसलाई हाम्रो परिवारले पनि आफ्नै मान्थ्यो, त्यो मान्छे वास्तवमा राक्षस रहेछ । म बलात्कृत भएँ’, उनले लेखेकी छिन् ।

“म आफ्नो मानसिक स्वास्थ्यको संघर्ष सुनाउँदै रुँदै थिएँ, तर मैले दाइ ठानेको मान्छे त राक्षस रहेछ,” उनले स्टाटसमा लेखेकी छिन्, म बलात्कृत भएँ ।”

उनले परिवारको इज्जत र मानसिक अवस्थाका कारण यति लामो समयसम्म यो कुरा लुकाएर राखेको तर अहिले जिउँदो लास जस्तो भएर बाँच्नुपरेकाले हिम्मत जुटाएर सार्वजनिक गरेको बताएकी छिन् । स्टाटसको अन्त्यमा उनले नामै किटेर प्रश्न गरेकी छिन्, “कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ सागर लम्साल क्षेत्री ?”

यस विषयमा आरोपित कलाकार लम्सालले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय, एमाले छलफलमा

काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेल ले सत्तापक्षसँग संसद्मा ...

हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ

हेटौँडा। हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्या...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ...

अर्यालको प्रस्तावक लामिछाने, समर्थकमा ३ मन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा पार...

सभामुख पदका लागि अर्यालको उम्मेदवारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको छन् ।  सभामुख पदका लागि...

लालगढमा सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुससहित पक्राउ

जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तिय...

नेपालगन्ज नाकाबाट ५४ अर्बको कारोबार

नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ ।   नेपा...

कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको गम्भीर आरोप

काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’माथि हाल अमेरिका बस्दै आएकी एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकि छन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ...

जेनजी घाइतेको सेवा कार्यमा डा.शर्माप्रति गृहमन्त्रीको सम्मान

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेको छन्। घाइतेहरूलाई नि:शुल्क उपचार सेवा दिँदै आएका पूर्व सांसद ...

सेवाग्राही ठगेको अभियोगमा चितवनबाट १६ जना पक्राउ

चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending