विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सुगर र गाँजा बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले शुक्रबार दिउँसो करिब १ बजे उर्लाबारी नगरपालिका–३ थापा चोकस्थित एक घरमा छापा मारेको हो। विशेष सूचनाका आधारमा निगरानी बढाएपछि उक्त कोठाबाट प्रतिबन्धित औषधि र लागुऔषध फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
प्रहरीका अनुसार पथरीशनिश्चरे नगरपालिका–४ का ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहालले भाडामा लिएको कोठालाई लागुऔषध भण्डारण तथा वितरण केन्द्रका रूपमा प्रयोग गरिरहेका थिए। कोठाभित्र हरियो टिनको बाकसमा लुकाएर राखिएको अवस्थामा विभिन्न औषधि र लागुऔषध फेला परेपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
२६ हजारभन्दा बढी ट्याब्लेट बरामद
छापामार कारबाहीका क्रममा २६ हजार ६५ थान प्रतिबन्धित औषधि बरामद भएको प्रहरीले जनाएको छ। बरामद औषधिमा डाइसीक्लोमिन हाइड्रोक्लोराइड, ट्रामाडोल, प्रामेथाजिन हाइड्रोक्लोराइड, निट्राजेपाम लगायत रहेका छन्।
प्रहरीका अनुसार ‘स्पासरेस्ट’ नामक डाइसीक्लोमिन हाइड्रोक्लोराइड २ हजार ३ सय ५० ट्याब्लेट, ‘स्पासपेन फ्री’ २ हजार ५ सय २० ट्याब्लेट, ‘भोमिन–२५’ ३ सय ५० ट्याब्लेट र ‘ट्रामोल–५०’ ९ हजार ५ सय ७० ट्याब्लेट बरामद गरिएको छ।
त्यसैगरी ‘रिरिसपास–२०’ ९ हजार ३ सय ८० ट्याब्लेट, ‘बारालमुन’ ९ सय ४० ट्याब्लेट, ‘निट्जासेन–१०’ १ हजार १ सय ६५ ट्याब्लेट र ‘एन्टिकफ’ ३ सय ७० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।
ब्राउन सुगर र गाँजा पनि बरामद
कोठाबाट ७ ग्राम ८ सय ९० मिलिग्राम ब्राउन सुगर र २ किलो २ सय ३० ग्राम गाँजा बरामद भएको छ। ब्राउन सुगर दुई फरक पोकामा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यससँगै डिजिटल तराजु, प्लास्टिकका रबर, मोबाइल फोन, २२ हजार २ सय ७० रुपैयाँ नगद र प्र १–०२–०५९ प १८५९ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिइएको छ।
संगठित सञ्जालको आशंका
प्रहरीले पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर लागुऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान अघि बढाएको छ। इन्स्पेक्टर नवीन ओली नेतृत्वको टोलीले उनीहरूको आपूर्ति स्रोत, वितरण सञ्जाल र सम्भावित संलग्न व्यक्तिहरूको पहिचानका लागि विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
एसपी कटवालका अनुसार प्रारम्भिक अनुसन्धानले उनीहरू लामो समयदेखि अवैध कारोबारमा सक्रिय रहेको संकेत दिएको छ। लागुऔषध भारतबाट भित्रिएको हुन सक्ने आशंका गर्दै आपूर्ति मार्ग र नेटवर्कबारे अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।
उर्लाबारी क्षेत्रमा पछिल्लो समय लागुऔषध कारोबार बढ्दो अवस्थामा रहेको पृष्ठभूमिमा ठूलो परिमाणमा बरामद भएको यो घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ। प्रहरीले शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १२:२७
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...
बैशाख २ गते, २०८३ - १२:२६
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...
बैशाख २ गते, २०८३ - ११:५८
काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट तीन जना नयाँ मन्त्री बनेका छन् । अर्थमन्त्री जित शेरचन र ऊर्जा, जलस्रोत तथा खानेप...
बैशाख २ गते, २०८३ - ११:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलक...
बैशाख २ गते, २०८३ - ११:४८
पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चाल...
बैशाख २ गते, २०८३ - ११:४६
नेकपा बैठकमा झलनाथको छुट्टै समीक्षा दस्तावेजकाे पूर्णपाठ
बैशाख २ गते, २०८३ - ११:२१
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...
बैशाख २ गते, २०८३ - ११:२०
काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...
बैशाख २ गते, २०८३ - ११:१९
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...
बैशाख २ गते, २०८३ - ११:०९
काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...


प्रतिकृया लेख्नुहोस्: