Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

खबरडबली संवाददाता

मकवानपुर। मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्।

मदनभण्डारी लोकमार्गअन्तर्गत बागमती गाउँपालिका–८ स्थित न्युरेनीमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय कृष्ण बहादुर विकको शुक्रबार मृत्यु भएको हो। फापरबारीबाट हात्तीसूदा तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले विकलाई ठक्कर दिँदा गम्भीर घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।

दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर कुमालको नेतृत्वमा टोली पुग्नु अघि आफन्तले विकलाई हेटौँडा अस्पताल पठाएका थिए। अस्पतालमा चिकित्सकको जाँचपछि मृत्यु पुष्टि भएको थियो। मोटरसाइकलका स–साना टुक्रा दुर्घटनास्थलमा फेला परेकोले फरार चालकको खोजतलास जारी छ।

यस्तै, त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–१२ स्थित टिष्टुङ सडक खण्डमा शनिबार बिहान काठमाडौँबाट आउँदै गरेको खाली १२ चक्के ट्रक ९बा।प्र।०३–००१ ख १७५० नं।० को अगाडिको दाहिने साइड पट्टा भाँचिएर सडकमा पल्टिँदा ट्रक चालक २७ वर्षीय धु्रव घले घाइते भएको छन्। उनलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको छ। ट्रक घटनास्थलमै अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ।

हेटौँडा–९ सिमेन्ट रोडस्थित भित्री सडक खण्डमा शनिबार वनस्पतिबाट गुम्बाचोकतर्फ आउँदै गरेको ना।६ ख ४८०८ नं। चामल लोड ट्रकले पार्किङमा रहेको खाली ट्रक ९ना।६ ख १३०२ नं।० लाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। ट्रक सह–चालक २७ वर्षीय बिजन थोकर ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरिएको थियो। घाइते अन्य व्यक्ति ३८ वर्षीय रामसुन्दर अधिकारी र २७ वर्षीय बिष्णु नगरकोटी छिन्। दुवैको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ।

त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–९ खरङ्गा सडक खण्डमा बा १५ च ६०३५ नं। स्कार्पियो गाडी गएराति दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। तीव्र गतिका कारण गाडी अनियन्त्रित भई सडकबाट करिब १८–२० मिटर तल खोल्सामा खस्दा चालक ४० वर्षीय झलक बर्तौला र ३० वर्षीय बद्रि ढकाल घाइते भएका हुन्। दुवैको उपचार सन्चो अस्पताल, हेटौँडामा भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ : प्रधानमन्त्ती शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...

मलामी गएका प्रकाश महाकाली नदीमा डुबेर बेपत्ता

कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...

नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा

काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...

ट्रकको ठक्करबाट घाइते भएका प्रहरी इन्स्पेक्टर लामाको निधन

काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...

२९ वैशाखभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...

मनाङमा ट्रक दुर्घटना: चालकको मृत्य

लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...

कांग्रेस सभापति थापाद्वारा आफ्नै वडाबाट क्रियाशील सदस्यता अद्यावधिक सुरु

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending