Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

फोहरबाट मोहरः व्यासले कमायो १७ लाख

खबरडबली संवाददाता

तनहुँ । व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा उक्त आम्दानी भएको हो ।

नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गरी आम्दानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनले भने, 'सङ्कलन गरी बिक्री गर्न थालेपछि फोहर नगरपालिकाको आम्दानीको स्रोत बनेको छ ।'

व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर सङ्कलन गर्दै आएको छ । कुहिने फोहरलाई व्यास–१० भतेरीस्थित गौः संरक्षण केन्द्रमा व्यवस्थापन गरिएको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने लक्ष्यका साथ बिक्री गर्न थालिएको प्रशासकीय अधिकृत लम्सालले बताए । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालेको हो ।

प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने, 'नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने फोहर भण्डारण गर्ने व्यवस्था मिलाएका छौँ ।’

कार्यालयका अनुसार अल्मुनियम प्रतिकिलो रु ६०, फलाम रु ३५, टिन रु २५, बोतल रु २३, कपडा पाँच रुपैयाँ ५० पैसा, कपी रु १६ तथा किताब प्रतिकिलो रु १४ का दरले बिक्री गरिँदै आएको छ । यसअघि उक्त फोहर व्यास–३ मादी नदी किनारमा व्यवस्थापन गरिँदैआएको थियो । उक्त सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नकुहिने फोहर दिगो व्यवस्थापन गर्न जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधरले हाईज्याक गरेकाे मोहनविक्रम सिंहको दाबी

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भ...

अहिलेको सरकार अमेरिकाको कठपुतली हो : मोहनविक्रम सिंह

काठमाडौं । नेकपा मसालकानेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारलाई अमेरिकाको प्रभावमा सञ्चालन भएको ‘कठपुतली सरकार’को संज्ञा दिएका छन्। ...

'एक महिने जरा अभियान' सञ्चालन गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाखदेखि 'एक महिने जरा अभियान' सञ्चालन गर्ने भएकाे छ । कांग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन...

पोखरामा चिनियाँ नागरिक लुट्ने चार जना पक्राउ

पोखरा । पोखराको जोगीमणीमा दुई जना चिनियाँ नागरिकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।  २०८२ चैत १९ गते दिउँसो स...

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन ।  भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...

वडाअध्यक्षले गराए अनिश्चितकालीन बजार बन्द

महोत्तरी । गौशाला नगरपालिका–५ का वडाअध्यक्ष ओमप्रकाश गुप्ताले गौशाला बजार अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन्। बजार क्षेत्रको अतिक्रमित संरचना हट...

फोहरबाट मोहरः व्यासले कमायो १७ लाख

तनहुँ । व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा...

इरानलाई ट्रम्पको चेतावनी : ४८ घण्टाभित्र सम्झौता गर, नत्र...

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन्। तोकिएको समयभित्र ...

ब्याज मिनाहा गर्न मुख्यमन्त्री बानियाँद्वारा माग

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिन आग्रह ...

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि

काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending