काठमाडौं। कम्बोडियामा बिनाभिसा बसिरहेका ७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। नेपाली दूतावास बैंककले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघसँगको सहकार्यमा उनीहरूलाई आज नेपाल फर्काएको हो।
उद्धार गरिएका नेपालीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अनलाइन ठगीजस्ता गैरकानुनी काममा लगाइएको पाइएको दूतावासले जनाएको छ।
दूतावासका अनुसार अझै केही नेपाली अलपत्र अवस्थामा रहेको सूचना प्राप्त भएको छ र उनीहरूको पहिचान गरी स्वदेश फर्काउने प्रयास जारी रहेको छ।
दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको छ।”
यस्ता स्क्यामिङ केन्द्रहरूमा काम गराइएकाहरूको राहदानी कम्पनीहरूले जफत गर्ने गरेको वा स्थानान्तरणका क्रममा हराएको भन्दै धेरै गुनासो आएको दूतावासले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - १३:२३
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। य...
चैत्र २३ गते, २०८२ - १३:१६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने जनाएको छ। ...
चैत्र २३ गते, २०८२ - १२:४१
काठमाडौं । संसदको कामकारबाहीलाई थप प्रभावकारी बनाउन सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ। आज बसेको सर्वदलीय बैठकले हाल ...
चैत्र २३ गते, २०८२ - १२:३०
काठमाडौं।अब सार्वजनिक बिदाका दिनमा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने भएको छ। डा। बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निका...
चैत्र २३ गते, २०८२ - १२:२३
भिएना। तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन ९ओपेक० र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् ।...
चैत्र २३ गते, २०८२ - १२:०५
काठमाडौं। कम्बोडियामा बिनाभिसा बसिरहेका ७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। नेपाली दूतावास बैंककले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघसँगको सहकार...
चैत्र २३ गते, २०८२ - ११:५७
फुङलिङ। काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३ प्रतिशतले वृद्धि भएको छ । सोमबारबाट लागू हुनेगरी काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३.२६ ...
चैत्र २३ गते, २०८२ - ११:४०
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गा प्रकरणमा आफूनै ठगिएको दाबी गर्दै न्यायका लागि अदालत जाने बताएका छन्। फेवातालको किनारमा ‘एड्भेन्च...
चैत्र २३ गते, २०८२ - ११:२२
काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ ...
चैत्र २३ गते, २०८२ - ११:१३
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई फेवातालको जग्गाबारे जबाफ दिएका छन्। अध्यक्ष साम्पाङले आज सामाजिक ...


प्रतिकृया लेख्नुहोस्: