लहान। स्थानीयवासीहरूले कञ्चनपुर–कमला सडक निर्माण आयोजना अन्तर्गत लहान नगरपालिकाको सहरी क्षेत्रमा निर्माण कार्यले तीव्र गति लिनुपर्ने माग गरेका छन् ।
पूर्व–पश्चिम राष्ट्रिय राजमार्गको कञ्चनपुर–कमला चार लेन सडकअन्तर्गत पश्चिमी खण्ड कुशहा–कमला खण्डमा पर्ने लहान नगरपालिकाको मुख्य चोकमा निर्माणाधीन फ्लाइओभर (उडान पुल) को काम अत्यन्त सुस्त रूपमा भइरहेकाले आवागमनमा समस्या, ट्राफिक जाम तथा व्यापार–व्यवसायमा समेत ह्रास आएको स्थानीय व्यापारीहरूको गुनासो छ ।
स्थानीय व्यापारी–व्यवसायीहरूको माग पूरा गराउन जिल्ला उद्योग वाणिज्य संघ लहान, सिरहाले पहल थालेको संघका अध्यक्ष प्रदीपकुमार गुप्ताले बताए।
उनका अनुसार लहानको मुख्य चोक आसपासका व्यापारीहरूको व्यापार चौपट हुनुका साथै धुलो र हिलोका कारण स्वास्थ्य समस्या समेत देखिन थालेको छ । यस विषयमा निर्माण कम्पनी चाइना रेलवे कम्पनीसँग छलफल गरिएको र कम्पनीले अप्रिल १५ गतेदेखि काम तीव्र गतिमा अघि बढाउने विश्वास दिलाएको उनले बताए ।
“सम्झौताअनुसार काम अघि बढेन भने लहानका स्थानीय व्यापारी–व्यवसायी आन्दोलनमा उत्रिनु बाहेक अर्को विकल्प रहने छैन,” उनले भने।
स्थानीयसँग पटक–पटकको छलफल इलाका प्रहरी कार्यालय लहानमा सम्पन्न भई लहानको सहरी क्षेत्रमा फ्लाइओभर निर्माण र दुवैतर्फ कालोपत्र गर्ने सम्झौता भए पनि त्यसअनुसार काम हुन सकेको थिएन ।
दुई दिनअघि स्थानीयले तीन घण्टा चक्काजाम गरेपछि अन्तिम पटक अप्रिल १५ गतेबाट काम सुरु गर्ने सहमति इलाका प्रहरी कार्यालय लहानमा भएको प्रहरी नायव उपरीक्षक कैलाश राईले बताए।
यता कुशहा–कमला पश्चिम खण्डका योजना प्रमुख उज्ज्वल श्रेष्ठले तीन वर्षमा सकिनुपर्ने निर्माण कार्य म्याद थपिँदै छ वर्ष पुग्न लागेको बताए।
उनले भने, “चाइना कम्पनीका प्रमुखहरूसँग अन्तिम पटक भएको सम्झौताअनुसार अप्रिल १५ गतेबाट तीव्र गतिमा निर्माण कार्य अघि बढाइने उच्चस्तरीय सहमति भएको हो ।”
नयाँ प्रबन्धक आएपछि काम अब नरोकिने योजना प्रमुख श्रेष्ठले बताए। उनले भने, “अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी काम पूरा गर्न अन्तिम पटक प्रयास गरिएको हो । यस पटक पनि काम सम्पन्न भएन भने ठेक्का नै रद्द गर्नुपर्ने अवस्था आउन सक्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १६:२५
बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् । रा...
बैशाख २ गते, २०८३ - १६:१६
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका ला...
बैशाख २ गते, २०८३ - १५:५७
काठमाडौं । सरकारले इजरायलसहित चार देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ। इजरायल–अमेरिका तथा इरानबीचको तनावका कारण स्थगित गरिएको पुन: श्रम स्वीकृति पुन...
बैशाख २ गते, २०८३ - १५:४९
स्याङ्जा। स्याङ्जाको वालिङबाट बागलुङको पञ्चकोटतर्फ गएको यात्रुवाहक बसमा पोखरामा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको छ । नयाँ वर्ष २०८३ मनाउन वालिङ नग...
बैशाख २ गते, २०८३ - १५:३९
काठमाडौं । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका नेता दीपक खड्का लाई हाल थुनामै राख्न आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापा ले दायर गरेको बन्दीप्...
बैशाख २ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयदेखि पार्टीको आन्तरिक व्यवस्थापनसम्मका वि...
बैशाख १ गते, २०८३ - १७:२४
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...
बैशाख १ गते, २०८३ - १७:०५
कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...
बैशाख १ गते, २०८३ - १६:४८
काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...
बैशाख १ गते, २०८३ - १६:१६
काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...


प्रतिकृया लेख्नुहोस्: