Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

१० प्रतिशतले बढ्यो सुदूरपश्चिममा गरिबी

खबरडबली संवाददाता

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश  सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा रहेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आवमा गरिबी बढेको बताएको हो ।

प्रदेश नीति तथा योजना आयोगले अहिले सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा पुगेर दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरिरहेको छ ।  आव २०७७/७८ मा पहिलो पञ्चवर्षीय योजना बनाउँदा सुदूरपश्चिमको गरिबी २४.६ प्रतिशत रहेकामा त्यो बढेर ३४.१६ पुगेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माणका विज्ञ सदस्य डा हेमराज लामिछानेले  बताए । अछाममा सबैभन्दा बढी गरिबी ४९.५८ प्रतिशत छ । 

रोजगारी सृजना र सीप विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच, कृषि र ग्रामीण अर्थतन्त्रको सुदृढीकरण, सामाजिक सुरक्षा र लक्षित कार्यक्रम र सुशासन र प्रभावकारी कार्यान्वयनलाई दोस्रो योजनाले जोड दिएको उनले बताए ।  ‘यो योजनामा आत्मनिर्भर समुन्नत सुन्दर सुदूरपश्चिम दीर्घकालीन सोचका साथ योजना तयार पारिएको छ । उत्पादन र उत्पादकत्व वृद्धि गरी गरिबी निवारण, रोजगारी सृजना तथा आयस्तरमा सुधार गर्नु दोस्रो पञ्चवर्षीय योजनाको उद्देश्य छ, ‘विज्ञ सदस्य लामिछानेले भने, भने, ‘गुणस्तरीय, सहज र दिगो पूर्वाधार विकास, स्वस्थ, सक्षम र सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने उद्देश्य छ ।’

प्रदेश सरकारले  जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण, संवर्द्धन र प्राकृतिक स्रोतको दिगो उपयोग, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउनुका साथै विपद् जोखिम न्यूनीकरण र प्रविधिमैत्री प्रदेशको विकासलाई योजनामा समेटेको  छ । कृषि, पशुपालन, साना उद्योग र पर्यटनको विकासबाट स्थानीयको आयस्तर सुधार गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो ।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...

माधव नेपाल प्रकरणमा आज सुनुवाइ अनिश्चित, सरकारी कागजात नआउँदा पेसी प्रभावित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...

गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेसबाट तीन जना नयाँ मन्त्री

काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट तीन जना नयाँ मन्त्री बनेका छन् । अर्थमन्त्री जित शेरचन र  ऊर्जा, जलस्रोत तथा खानेप...

बिहीबार रास्वपाको संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलक...

अझै सम्झौता भएनन् सिँचाइका १० योजना

पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चाल...

जनताको भरोसा गुमाउँदा वामपन्थी पराजित हुन पर्याे : खनाल

नेकपा बैठकमा झलनाथको छुट्टै समीक्षा दस्तावेजकाे पूर्णपाठ

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको  मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending