भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालनमा रहेको रुकुमपूर्व अस्पतालको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो कुरा बताएको हो ।
उनले भने, “सर्वसुलभ रूपमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न जनशक्तिको अभाव हुन दिएका छैनौँ । रिक्त हुँदाबित्तिकै जनशक्ति पठाउने व्यवस्था मिलाएका छौँ ।” मुख्यमन्त्री आचार्यले सो अवसरमा भने, “विशेषज्ञ जनशक्ति पुर्याउन केही चुनौती छन् । ती चुनौतीलाई समाधान गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको छ ।”
उनले विषयगत विशेषज्ञ चिकित्सक पुर्याउन सरकार अघि बढ्ने स्पष्ट पारे । मुख्यमन्त्री आचार्यले पूर्वी रुकुमका सबै वडामा सडक पुर्याउन विगतदेखि काम भइरहेको उल्लेख गर्दै आगामी वर्षमा आवश्यकता अनुसार बजेटमा प्राथमिकता दिइएको बताए। कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारूले रुकुमपूर्वलगायत विशिष्ट प्रकृतिका क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए । उनले स्वास्थ्य संस्था तथा अस्पताललाई विशेषज्ञ चिकित्सक, उपकरण र पूर्वाधारमा बलियो बनाउने गरी काम भइरहेको जानकारी दिए ।
उनले भनेयो, “दुर्गम क्षेत्रमा जनशक्ति जानै नमान्ने अवस्था थियो तर हामीले यो परिपाटी बदल्न सकेका छौँ । अब पहिला दुर्गम अनि त्यसपछि सुगम पठाउने व्यवस्था मिलाएका छौँ ।” प्रदेश सरकारको १४ करोड रुपियाँ लगानीमा अस्पताल निर्माण गरेको हो । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस ५० शय्याको अस्पतालले अब स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
सङ्घीयतापछि २०७४ सालमा रुकुमपूर्व छुट्टै जिल्ला बनेपछि साबिकको इलाका स्वास्थ्य कार्यालयकै संरचनाबाट जिल्ला अस्पतालको सेवा सञ्चालन हुँदै आएको थियो । सीमित भौतिक संरचना र जनशक्तिका कारण अस्पतालले अहिलेसम्म मुस्किलले १५ शय्यासम्म सेवा दिँदै आएको अवस्था थियो ।
अस्पतालबाट अन्तरङ्ग सेवा, फार्मेसी सेवा, विशेषज्ञ दन्त रोग उपचार सेवा, फिजियोथेरापी सेवा, ल्याब सेवा, एक्सरे सेवा, सुत्केरी आमा तथा नवजात शिशु स्वास्थ्य सेवा, स्वास्थ्यलगायतका सेवा सञ्चालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा। कृष्ण खरालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...
आषाढ़ १३ गते, २०८३ - १३:१२
काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...
आषाढ़ १३ गते, २०८३ - १२:५५
ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...
आषाढ़ १३ गते, २०८३ - १२:२७
काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...
आषाढ़ १३ गते, २०८३ - ११:४७
विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...



प्रतिकृया लेख्नुहोस्: