नवलपुर। गण्डकी प्रदेशको ‘लाइफलाइन’ को रूपमा रहेको नवलपुरको दुम्किबास–त्रिवेणी सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआइए० को काम तत्काल अगाडि बढ्ने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले विशेष चासो दिनु भएपछि उनको सचिवालयको समन्वयमा वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढाइने भएको नवलपुर –२ का प्रतिनिधिसभा सदस्य मनिष खनालले जानकारी दिए।
सडक विभागले ईआइएको अनुमतिपत्र पाएको भए पनि काम अघि बढेको थिएन, प्रधानमन्त्रीको विशेष चासोपछि काम अघि बढने तय भएको सांसद खनालले बताए।
‘‘हामीले निरन्तर प्रधानमन्त्रीज्यूलाई आग्रह गरिरहेका थियो, सोहीअनुसार उनको सचिवालयले ईआएको काम अघि बढाउन निर्देशन दिएको छ’’ सांसद खनालले भने, “सायद चार–पाँच महिनामा ईआइएको काम सकिन्छ होला त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।’’
आठ किलोमिटर बाटो नछिचोलिदा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा ६ र ७ का वासिन्दा आफ्नै पालिका, जिल्ला सदरमुकाम वा प्रादेशीक अस्पताल जानका लागि ६० किलोमिटर घुमेर अर्कै जिल्ला र अर्कै प्रदेश भएर जानुपर्ने बाध्यता छ । हुलाकी राजमार्गअन्तर्गत त्रिवेणी–दुम्किवास सडकको आठ किमी सडक बन्ने हो भने ६० किमीको सडकयात्रा २० किमिमा छोटिन्छ ।
२०६२ सालदेखि सुरु गरिएको यो सडकखण्ड २०६३ सालमा ट्रयाक पूरा भएको थियो । २० किलोमिटरको उक्त सडक खण्डमा २०६३ सालको फागुनमा झण्डै एक हप्तासम्म सामान्य सवारी साधन पनि चलेका थिए ।
थप निर्माणको काम अघि नबढेपछि सवारीसाधन पनि चल्न सकेनन् र बाटो अहिले पूर्ण रुपमा बन्द छ । जसलेगर्दा अहिले यी दुई वडाका वासिन्दा लुम्बिनी प्रदेशको नवलपरासी हुँदै दाउन्नेको अवरोध छिचोल्दै घण्टौं लगाएर पालिका र जिल्ला सदरमुकाम आउनु पर्ने बाध्यता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १८:२९
काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...
बैशाख ३० गते, २०८३ - १८:२३
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...
बैशाख ३० गते, २०८३ - १८:०७
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...
बैशाख ३० गते, २०८३ - १८:०२
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...
बैशाख ३० गते, २०८३ - १३:११
काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...
बैशाख ३० गते, २०८३ - १२:५९
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...
बैशाख ३० गते, २०८३ - १२:५०
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...
बैशाख ३० गते, २०८३ - १२:४१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...
बैशाख ३० गते, २०८३ - १२:३३
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...
बैशाख ३० गते, २०८३ - १२:२१
काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...



प्रतिकृया लेख्नुहोस्: