Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

टिकटक समूहद्वारा सुन पसलहरूमा ठगी : नक्कली सुन र बिल प्रयोग

खबरडबली संवाददाता

हेटौँडा । सामाजिक सञ्जाल टिकटकमा सक्रिय एक समूहले नक्कली सुनका गहना र काठमाडौँस्थित सुन पसलको नक्कली बिल प्रयोग गरी विभिन्न जिल्लाका सुन पसलहरूमा ठगी गरेको घटना सार्वजनिक भएको छ।

मकवानपुरको बागमती–४ झुरझुरेका २४ वर्षीय दिनेश रसाइली, जो झुरझुरेस्थित लम्कना सुनचाँदी पसलका सञ्चालक हुन्, उक्त गिरोहबाट ठगिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन्। उनले रौतहटको चन्द्रपुर–३, चपुर गैडाटारकी २० वर्षीया रमिला परियार र दाङको गढवा–८, खोइलाबासकी माया मगर भनिने आरती गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराएका छन्।

नक्कली गहना देखाएर नगद असुली

रसाइलीका अनुसार चैत ३० गते बिहान करिब ९ बजे ती दुई महिला पसलमा आएका थिए। उनीहरूले बागमतीकै बेतिनीस्थित माइतीघरमा मातातीर्थ औँसी मनाउन आएको र नगद अभाव भएकाले सुनको तिलहरी बेच्न चाहेको बताएका थिए।

सुरुमा सुन किन्न अस्वीकार गरे पनि बारम्बार आग्रह गरेपछि उनले आधा तोलाको तिलहरी एक लाख ४० हजार रुपैयाँमा खरिद गरेका थिए। “रकम दिएर जाँच गर्न भित्र गएँ। जाँच गर्दा तिलहरी चाँदीको बनेको र बाहिरबाट मात्र सुनजस्तो देखिने जलप लगाइएको रहेछ,” रसाइलीले भने, “बाहिर निस्कँदा उनीहरू फरार भइसकेका थिए।”

काठमाडौँको सुन पसलको नाममा नक्कली बिल

ती महिलाले काठमाडौँस्थित Shree New Ganesh Sun Chandi Pasal को बिल देखाएका थिए। बिलमा पसलको नाम र प्यान नम्बर मिलेको भए पनि अन्य विवरण कीर्ते रहेको खुलेको छ।

पसलका सञ्चालक गणेश विकका अनुसार बिल नम्बर, हस्ताक्षर, गहनाको विवरण र कारोबार अभिलेख कुनै पनि मेल खाँदैन। “पसलको नाम र प्यान नम्बर दुरुपयोग गरेर ठगी गरिएको रहेछ,” उनले बताए।

अन्य पसल पनि प्रभावित

विकका अनुसार १ देखि २४ नम्बरका नक्कली बिल प्रयोग गरी ठगी भएको गुनासो आएको छ। दुई वटा नक्कली बिलका आधारमा ठगी भएको उजुरी आएपछि उनले सुनचाँदी व्यवसायी संघमा समेत निवेदन दिएका छन्।

मकवानपुर सुनचाँदी व्यवसायी संघका सदस्य राजकुमार घिमिरेका अनुसार ग्रामीण क्षेत्रका सुन पसल लक्षित गरी तत्काल परीक्षण गर्न कठिन हुने ठूला गहना देखाएर ठगी गर्ने गिरोह सक्रिय देखिएको छ। “दुःख देखाउँदै विश्वास जितेर हाकाहाकी ठग्ने प्रवृत्ति बढ्दो छ,” उनले भने।

पीडित रसाइलीका अनुसार आरोपितहरू टिकटकमा सक्रिय छन्, तर उनीहरूले दिएको मोबाइल नम्बरमा सम्पर्क हुन सकेको छैन र सामाजिक सञ्जालमार्फत पठाइएका सन्देशको समेत जवाफ आएको छैन।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

प्रदर्शनकारीको मृत्युको असर : गोलबजारका प्रहरी इन्चार्ज फेरिए

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending