काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
कांग्रेसको आधिकारिताबारे सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएसँगै आज निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको देउवा समूहको बैठकले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।
बैठकले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघि बढ्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको जिम्मेवारी भएको उनले बताए ।
“हिजोको दिनमा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने जिम्मा शेरबहादुर देउवामा थियो । अब विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाकोमा छ, त्यसैले उहाँले अब कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रूपले सबै एक स्वरले कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, त्यो उहाँको जिम्मामा छ,” उनले भने ।
पार्टीका नेता डा। प्रकाशशरण महतले कानुनी हिसाबले पार्टीको विवाद टुंगो लागे पनि राजनीतिक हिसाबले पार्टीमा ठूलो समस्या रहेको बताए । उनले पार्टी एकताको पहल विशेष महाधिवेशन पक्षधरले गर्नुपर्ने उल्लेख गरे ।
नेता महतले पार्टीको १५औँ महाधिवेशन गर्नका लागि दुवै समूहलाई सहभागिता गरेर साझा संयन्त्र बनाएर अगाडि बढ्नुपर्ने धारणा बैठकमा उठेको बताए । पार्टी एक भएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १८:५९
जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...
बैशाख २६ गते, २०८३ - १८:५४
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...
बैशाख २६ गते, २०८३ - १८:५३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...
बैशाख २६ गते, २०८३ - १८:४९
चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...
बैशाख २६ गते, २०८३ - १८:४५
दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...
बैशाख २६ गते, २०८३ - १८:४३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...
बैशाख २६ गते, २०८३ - १८:४२
जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...
बैशाख २६ गते, २०८३ - १८:३६
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित गतिविधिले निरंकुशताको झल्को दि...
बैशाख २६ गते, २०८३ - १८:३३
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीको तय भएको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएपछि नेपाल–भारत सम्बन्धबारे नयाँ राजनीतिक र कूटनीतिक चर्चा सुरु भ...
बैशाख २६ गते, २०८३ - १८:३०
काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा फासिवाद र लोकप्रियतावादको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्। शनिबार आयोजित ...


प्रतिकृया लेख्नुहोस्: