काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घोषणा मात्रै बाँकी जस्तै देखिन्छ।
श्रम संस्कृति पार्टी का उपाध्यक्ष लोकनाथ चुँडाल का अनुसार, अहिले मुख्य बहस वैचारिक र सैद्धान्तिक आधार टुंग्याउनेमा केन्द्रित छ। “छलफल निकै अगाडि बढिसकेको छ, अब निष्कर्ष नजिक छ,” उनको भनाइ छ।
दुवै नेताबीच ‘उत्पादनमूलक समाजवादी अर्थतन्त्र’ लाई साझा एजेन्डा बनाउने समझदारी बनेको स्रोत बताउँछ। श्रमदान र उत्पादनलाई जोड्ने मोडेलमार्फत राजनीतिक सहकार्यलाई संस्थागत गर्ने तयारी छ।
पद बाँडफाँटको प्रारम्भिक खाका अहिलेसम्मको समझदारी अनुसार सुदन किराती पक्षबाट करिब १५ जना केन्द्रीय सदस्य बन्ने , ३–४ जना पदाधिकारीमा समेटिने र स्वयं सुदन ‘वरिष्ठ नेता’ को भूमिकामा रहने बताइएकाे छ ।
यस्तो संरचनाले दुवै पक्षलाई सन्तुलन दिने प्रयास गरिएको देखिन्छ। यद्यपि, अन्तिम निर्णय भने एकता औपचारिक भएपछि मात्रै सार्वजनिक गरिने बताइएको छ।
चुँडालका अनुसार, “को नेता कहाँबाट चुनाव लड्ने वा कसले के पद पाउने भन्ने कुरा अहिलेको प्राथमिकता होइन, एकता भएपछि ती विषय आफैं टुंगिन्छन्।”
‘भावनात्मक नजिक’ बाट औपचारिक एकतासम्म
दुवै नेताबीच पहिलेदेखि नै ‘भावनात्मक नजिकता’ रहेको बताइन्छ, जसले वार्तालाई सहज बनाएको छ। सार्वजनिक जीवनका केही प्रतिष्ठित व्यक्तिहरूलाई साक्षी राखेर मौखिक सहमति समेत भइसकेको स्रोतको दाबी छ।
पार्टी संरचना पनि विस्तारको तयारीमा
हाल श्रम संस्कृतिमा २८ केन्द्रीय सदस्य छन् भने विधानले १३३ सदस्यीय केन्द्रीय समिति र २०० सदस्यीय केन्द्रीय सभाको परिकल्पना गरेको छ। नयाँ टीम भित्र्याउने योजनासँगै पार्टी संरचना विस्तारको बाटो पनि खुल्नेछ।
राजनीतिक वृत्तमा हर्क–सुदन सहकार्यलाई ‘नयाँ समीकरण’ का रूपमा हेरिएको छ। अब चासो एउटै छ । यो सहकार्य कागजमै सीमित रहन्छ कि नेपाली राजनीतिमा नयाँ शक्ति बनेर उभिन्छ ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - २०:२२
कैलाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले आजबाट जिल्लाका दुई स्थानबाट क...
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...


प्रतिकृया लेख्नुहोस्: