दमक। झापाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि बिहीबार बिहान भएको स्कुल बस दुर्घटनामा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर खड्काका अनुसार बिहान करिब ९:२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेन्डरी स्कुलको बस दुर्घटना भएको हो ।
प्रारम्भिक अनुसन्धान अनुसार बाटोमा निस्किएको प्र १–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।ठक्करपछि बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १३ जना विद्यार्थी घाइते बनेकाछन् । बसमा २० जना विद्यार्थी सवार रहेका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक कचनकवल–३ निवासी ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
यसैगरी घाइते विद्यार्थीहरूलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । मनमोहन अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ । घाइते हुने विद्यार्थीहरूमा अभिषेक राजवंशी, अर्जुन राजवंशी, धर्मेन्द्र राजवंशी, खुश्बु श्रेष्ठ, करण राजवंशी, प्रतिक्षा राजवंशी, बर्टिका राजवंशी, सुमन राजवंशी, श्रृजना राजवंशी लगायत रहेकछन् ।
सबै विद्यार्थीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार रहेको र खोजी कार्य भइरहेको खड्काले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १०:१७
पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...
आषाढ़ १३ गते, २०८३ - ०९:५६
नेपालगन्ज। सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको स...
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...
आषाढ़ १२ गते, २०८३ - २०:१२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...
आषाढ़ १२ गते, २०८३ - २०:०७
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...
आषाढ़ १२ गते, २०८३ - २०:०३
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...



प्रतिकृया लेख्नुहोस्: