काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ।
संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षता र सह-संयोजक माधव कुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले पार्टीको आगामी एकता महाधिवेशनको कार्यतालिका र साङ्गठनिक सुदृढीकरणको मार्गचित्र तय गरेको हो।
बैठकले आगामी २०८३ मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। त्यसअघि आगामी जेठ मसान्तभित्र सबै जनवर्गीय संगठन र स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने र भदौदेखि कात्तिकसम्म वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ। पार्टीले आफ्ना निर्वाचित कमिटीहरूमा युवा र नव-युवाहरूको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने क्रान्तिकारी निर्णय समेत लिएको छ।
यसैगरी, बैठकले फागुनमा सम्पन्न निर्वाचनको समीक्षा प्रतिवेदन पारित गर्दै संविधान संशोधनका लागि सुझाव दिन ११ सदस्यीय कार्यदल गठन गरेको छ। देव गुरुङ, प्रकाश ज्वाला, रेखा शर्मा, खिमलाल देवकोटा लगायत सदस्य रहेको उक्त कार्यदलले संविधानका सबल र दुर्बल पक्षबारे सुझाव दिनेछ।
पार्टीले १९ वटा समसामयिक प्रस्ताव पारित गर्दै सिंगो कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - २१:२१
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित सुलभ अग्रवाल र दीपक भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दि...
आषाढ़ ३ गते, २०८३ - २१:१८
काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुआती चरणमै विश्व फुटबलका तीन ठूला स्टारले आफ्नो प्रभाव देखाइसकेका छन्। लियोनल मेसी, किलियन एम्बाप्पे र एर्लिङ हालाण...
आषाढ़ ३ गते, २०८३ - २०:५५
काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै देशभरका किसान रासायनिक मलको अभावसँग जुधिरहेका छन्। सरकार भने गोदाममा पर्याप्त मौज्दात रहेको र मलको अभाव...
आषाढ़ ३ गते, २०८३ - २०:३५
कञ्चनपुर । सुदूरपश्चिमको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण कार्यले गति लिँदै गएको छ। एक वर्षअघि सुरु भएको परियोजनाको भौतिक प्रगति हा...
आषाढ़ ३ गते, २०८३ - २०:२७
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन...
आषाढ़ ३ गते, २०८३ - २०:२२
झापा । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छ...
आषाढ़ ३ गते, २०८३ - २०:१८
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु (जीबी) राईको खोजीमा सरकार गम्भीर नदेखिएको आरोप लगाए...
आषाढ़ ३ गते, २०८३ - २०:१६
महोत्तरी । तराई–मधेसमा आँपको मौसम चलिरहेका बेला महोत्तरीमा एउटा अनौठो दृश्य देखिएको छ। भङ्गाहा–४ रामनगरका किसान रामभगत महतोको आँगनमा रहेको एउटै आँपको ...
आषाढ़ ३ गते, २०८३ - २०:०८
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राति पोर्चुगल र कंगो डीआरबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘के’ अन्तर्गतको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे स...
आषाढ़ ३ गते, २०८३ - ०८:५१
काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...



प्रतिकृया लेख्नुहोस्: