Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

पूर्व जनप्रतिनिधि मुसहरिनलाई मानव मलमूत्र खुवाएको आरोपमा एक पक्राउ

खबरडबली संवाददाता

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा दलित समुदायकी एक पूर्व महिला वडा सदस्यमाथि बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घटनामा कटहरिया-९ कै ३० वर्षीय शंकर माझी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार कटहरिया नगरपालिका-९ डुमरिया टोलकी ५५ वर्षीया अंकलियादेवी मुसहरिनमाथि स्थानीय केही व्यक्तिले ‘बोक्सी’ आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। साथै उनीलाई जबरजस्ती मानव मलमूत्र खुवाइएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको थियो।

जाहेरीपछि प्रहरी टोली घटनास्थल खटिएर अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा घटनामा संलग्नमध्ये माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको समेत प्रहरीले जनाएको छ। घटनामा दोषी ठहर हुने सबैलाई कानुनअनुसार कडा कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।

के थियो घटना ?

गत शनिवार छिमेकीको घरमा विवाह समारोहका क्रममा आएको जन्तीका एक १० वर्षीय बालक बिरामी भई उल्टी गरेपछि सोही विषयलाई लिएर अंकलियादेवीमाथि जादू-टुना गरेको आरोप लगाइएको थियो।

त्यसपछि १५-२० जनाको समूहले उनीमाथि आक्रमण गर्दै कुटपिट गर्नुका साथै बियरको बोतलमा घोलेर ल्याइएको मूत्र जबरजस्ती खुवाएको पीडितकी छोरी सुमिलादेवी मुसहरिनले बताएकी छन्।

पीडितले विरोध गर्दा थप कुटपिट गरिएको पनि उनले बताइन्। घटनापछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरको नेतृत्वमा पुगेको प्रहरी टोलीले पीडितको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो। अचेत अवस्थामा रहेकी महिलाको उपचारपछि हाल स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटना लगत्तै आरोपितहरूलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि स्थानीय केही महिला-पुरुषले अवरोध गर्नुका साथै आक्रमणको प्रयास समेत गरेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending