विराटनगर । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चलेको बहस चलिरहँदा विराटनगरमा पनि उस्तै दृश्यको संकेत देखिएको छ। उच्च अदालत विराटनगरले आफ्नै नाममा रहेको जग्गामा बसेका सुकुम्बासी हटाउन महानगर र प्रशासनसँग सहयोग मागेको छ।
विराटनगर महानगरपालिका–४ (साविक कञ्चनवारी) स्थित करिब एक बिघा ८ कट्ठा १० धुर क्षेत्रफलको उक्त जग्गा मुख्य बजार नजिकै पर्छ। यही स्थानमा वर्षौँदेखि ४३ सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन्।
उच्च अदालतका उप–रजिष्ट्रार सन्तोष पोखरेलका अनुसार वैशाख १४ गते महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाउँदै अतिक्रमित जमिन खाली गराउन सहयोग मागिएको हो। अदालतले उक्त जग्गा आफ्नो नाममा दर्ता रहेको र केही व्यक्तिहरूले अनधिकृत रूपमा घर–टहरा निर्माण गरेर बसोबास गरेको उल्लेख गरेको छ।
नापी कार्यालयको सहयोगमा जग्गाको सिमाना छुट्याएर पोल गाड्ने कामसमेत भइसकेको छ। अब प्रशासनिक सहयोग लिएर बस्ती हटाउने प्रक्रिया अघि बढाउने संकेत देखिएको छ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा रहेको यो बस्ती हटाइए, वर्षौँदेखि बस्दै आएका ती परिवार फेरि विस्थापनको चपेटामा पर्ने निश्चित छ।
एकातिर सरकारी जग्गा संरक्षणको प्रश्न छ, अर्कोतिर वैकल्पिक व्यवस्थाबिनै हटाइने बस्ती विराटनगरमा पनि अब ‘डोजर बनाम बस्ती’को टकराव सतहमा आउने संकेत देखिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - ०७:४७
कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्न...
जेष्ठ ३१ गते, २०८३ - ०७:३५
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूह र नेता शेखर काेइराला पक्षको संयुक्त आयोजनामा आज कोशी प्रदेशस्तरीय भेला विराटन...
जेष्ठ ३१ गते, २०८३ - ०७:२४
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको...
जेष्ठ ३१ गते, २०८३ - ०७:२०
काठमाडौँ । यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले १२८ ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ । जसबाट करिब आठ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान...
जेष्ठ ३१ गते, २०८३ - ०७:१४
काठमाडौं । देशका विभिन्न भागमा आज मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह ग...
जेष्ठ ३० गते, २०८३ - २२:१२
बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम
जेष्ठ ३० गते, २०८३ - २१:५९
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...
जेष्ठ ३० गते, २०८३ - २१:४८
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...
जेष्ठ ३० गते, २०८३ - २१:४४
काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...
जेष्ठ ३० गते, २०८३ - २१:३५
दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...



प्रतिकृया लेख्नुहोस्: