Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

तेलको मूल्य घट्दा अमेरिकी शेयर बजार सुधार

खबरडबली संवाददाता

न्युयोर्क। मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्साह देखिएको हो । अमेरिकाको प्रमुख औद्योगिक शेयर सूचक ६१२ दशमलव ३४ अङ्कले बढेर ४९ हजार ९१० दशमलव ५९ बिन्दुमा पुगेको छ । 

त्यस्तै, व्यापक बजार सूचक १०५ दशमलव ९० अंकले बढेर ७ हजार ३६५ दशमलव १२ बिन्दुमा बन्द भयो भने प्रविधि केन्द्रित शेयर सूचक ५१२ दशमलव ८१ अंकले उकालो लाग्दै २५ हजार ८३८ दशमलव ९४ बिन्दुमा पुगेको छ । ११ प्रमुख क्षेत्रमध्ये ९ वटा क्षेत्रमा वृद्धि देखिएको थियो । औद्योगिक र प्रविधि क्षेत्र सबैभन्दा धेरै लाभमा रहेको छ । औद्योगिक क्षेत्र २ दशमलव ६० प्रतिशत र प्रविधि क्षेत्र २ दशमलव ५६ प्रतिशतले बढ्यो । ऊर्जा र सार्वजनिक सेवा क्षेत्र भने क्रमश: ४ दशमलव ०७ प्रतिशत र १ दशमलव ४५ प्रतिशतले घटेका छन् ।

अमेरिका र इरानबिच मध्यपूर्व युद्ध अन्त्य गर्न समझदारीतर्फ प्रगति भइरहेको समाचार सार्वजनिक भएपछि बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । यसले तेलको मूल्य घटाएको छ भने लगानीकर्ताको विश्वास पनि बढाएको छ । यससँगै कम्पनीको अपेक्षाभन्दा राम्रो नाफा विवरणले पनि बजारलाई थप बलियो बनाएको छ । प्रतिवेदन सार्वजनिक गरेका प्रमुख कम्पनी मध्ये करिब ८५ प्रतिशतले अपेक्षाभन्दा बढी नाफा कमाएका छन् भने करिब ७७ प्रतिशत कम्पनीको आम्दानी अनुमानभन्दा राम्रो रहेको जनाइएको छ ।

प्रविधि क्षेत्रमा चिप निर्माता र उपकरण निर्माता कम्पनीको शेयर उल्लेखनीयरूपमा बढेका छन् । त्यस्तै, सवारी सेवा प्रदायक, स्वास्थ्य सेवा कम्पनी र मनोरञ्जन क्षेत्रका कम्पनीको शेयर पनि उल्लेखनीयरूपमा बढेका छन् । औषधि क्षेत्रका केही कम्पनीको शेयर बढ्दा फास्टफुड व्यवसायसँग सम्बन्धित कम्पनीको शेयर भने घटेको छ ।

अर्ध चालक डिजाइन कम्पनीको शेयर आम्दानी प्रतिवेदन सार्वजनिक हुनुअघि १३ दशमलव ६३ प्रतिशतले बढेको थियो । अब लगानीकर्ताले बिहीबार सार्वजनिक हुने रोजगारीसम्बन्धी नयाँ तथ्यांकलाई नजिकबाट हेरिरहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्य एकैदिन तोलामा ४ हजार ३०० घट्योले, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभ...

दार्चुलामा काठको पुल भाँचिएर खोलामा खस्दा एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीम...

सुनसरीमा तनाव कायमै, दोस्रो दिन पनि निषेधाज्ञा

इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि ब...

जनताका गुनासा सुन्न गाउँमै सांसद

हेटौँडा। मकवानपुरका प्रतिनिधि सभा सदस्यले निर्वाचन क्षेत्रका नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न गाउँ गाउँमा पुग्न थालेका छन् । मकवा...

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा। यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९...

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending