काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षहर्क साम्पाङले प्रधानमन्त्री Balen Shah नेतृत्वको सरकारलाई “अपारदर्शी, असन्तुलित र नीतिगत भ्रष्टाचारमा डुबेको” आरोप लगाएका छन् ।
सरकार गठन भएको डेढ महिना नपुग्दै देशभर असन्तुष्टि, आन्दोलन र अव्यवस्था देखिएको भन्दै साम्पाङले सरकार “दुर्घटनातिर कुदिरहेको गाडी” जस्तो बनेको टिप्पणी गरेका हुन् ।
अनलाइनखबरसँगको विस्तृत कुराकानीमा उनले सुकुम्वासी बस्तीमा डोजर चलाउनु “राज्य आतंक” भएको दाबी गर्दै सरकार जनताको व्यवस्थापनभन्दा बल प्रयोगमा केन्द्रित भएको आरोप लगाए ।
“प्रधानमन्त्रीले गाडी स्टार्ट गर्नुभयो, स्पिड हाँक्नुभयो, तर दुर्घटनातिर लानुभयो,” साम्पाङले भने, “जताततै आन्दोलन छ, मान्छेहरू रोइरहेका छन्, घरबारविहीन भइरहेका छन् । यो सुशासन होइन, कुशासन हो ।”
साम्पाङले सुकुम्वासी समस्या समाधानका नाममा सरकारले योजना बिना नै एक्सनमा गएको आरोप लगाए । उनका अनुसार पहिला पुनर्स्थापना, पहिचान र व्यवस्थापनको खाका बनाउनुपर्नेमा सरकारले सीधै डोजर चलाएर हजारौँलाई त्रासमा पारेको छ ।
उनले भने, “मान्छे पुलमुनि सुतिरहेका छन्, बच्चा विद्यालय जान पाएका छैनन्, परिवारभित्र झगडा सुरु भएको छ । सरकारले मानव व्यवस्थापनभन्दा प्रहरी र बन्दुक देखाउने काम गरिरहेको छ ।”
सरकारले संसद् छल्दै अध्यादेश ल्याएको विषयमा पनि साम्पाङ आक्रामक देखिए । उनले संसद् बैठक नै नबोलाई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु “नीतिगत भ्रष्टाचार” भएको दाबी गरे ।
“संसद्लाई छल्नु भनेको नीतिगत भ्रष्टाचार हो,” उनले भने, “छ जनाको परिषद्मा तीन जनालाई बहुमत बनाएर निर्णय गरिनु लोकतान्त्रिक अभ्यास होइन ।”
साम्पाङले बजेट निर्माण प्रक्रियामाथि पनि प्रश्न उठाए । केही मन्त्रीहरूले जनताको राय–सल्लाह बिना विदेशी ऋणको भारी बोकाउने तयारी गरिरहेको आरोप लगाउँदै उनले सरकार “गोजीको पैसा बाँडेजस्तो शैलीमा” चलेको टिप्पणी गरे ।
उनले भने, “विदेशी ऋण लिँदा त्यसको औचित्य पुष्टि गर्नुपर्छ । ऋण मन्त्रीहरूले होइन, जनताले तिर्ने हो ।”
सरकारले मन्त्रालयको नाम फेर्ने, दुई दिन बिदा दिने र कर्मचारीमाथि कडाइ गर्ने विषयलाई पनि साम्पाङले आलोचना गरे । उनका अनुसार सरकार प्रशासनिक संरचनाको वास्तविक समस्या समाधानभन्दा सतही निर्णयमा रमाइरहेको छ ।
साम्पाङले सरकारको कार्यशैलीप्रति व्यापारी, कर्मचारी, विद्यार्थी र सर्वसाधारण सबै असन्तुष्ट रहेको दाबी गर्दै अब विपक्षी दलहरूबीच संयुक्त प्रतिरोधको तयारी भइरहेको खुलासा गरे ।
“सरकार ट्र्याक बाहिर गइरहेको छ,” उनले भने, “अब सदन र सडक दुवैतिरबाट संयुक्त आवाज उठ्छ । सरकारलाई प्रश्न गरिरहन्छौँ ।”
श्रम संस्कृति पार्टीले अन्य विपक्षी दलसँग सहकार्यको गृहकार्य थालेको संकेत पनि उनले दिएका छन् । हर्क साम्पाङले उज्यालो नेपाल पार्टीसँग संवाद भइरहेको पुष्टि गर्दै विपक्षी शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको बताए ।
उनले भने, “सरकारलाई नियन्त्रण गर्ने लोकतान्त्रिक मेकानिजम विपक्षी दल नै हो । सरकार गलत दिशामा गयो भने प्रतिवाद गर्नु हाम्रो दायित्व हो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: