बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढीअर्थात् रु पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ ।
चालु आवको वैशाखसम्ममा अन्तशुल्कतर्फ रु तीन अर्ब ४५ करोड ६२ लाख ६५ हजार, आयकरतर्फ रु एक अर्ब दुई करोड चार लाख ९६ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ रु
५१ करोड ९२ लाख ५९ हजार, ब्याजकरतर्फ रु छ करोड ८३ लाख ७७ हजार र बहालकरतर्फ रु एक करोड ५९ लाख ८८ हजार राजस्व सङ्कलन भएको छ ।
प्रमुख सुवेदीका अनुसार चालु आवमा रु आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ ।
करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेदा गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख सुवेदीले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - १०:२७
हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–३ को वडा केन्द्र खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयवासीले खुसीयाली मनाएका छन् । केही दिनअघि निर्माण सम्पन्न भ...
जेष्ठ ४ गते, २०८३ - १०:०२
कञ्चनपुर। कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको हत्य...
जेष्ठ ४ गते, २०८३ - ०९:४७
बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख ...
जेष्ठ ४ गते, २०८३ - ०९:३९
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिक...
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...



प्रतिकृया लेख्नुहोस्: