मङ्गलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली रिसोर्ट पुगेको थियो । साधा पोसाकमा पुगेका व्यक्तिहरूले आफूहरू प्रहरी भएको परिचय दिँदै सीसीटीभीको डीभीआर, अन्य उपकरण र कर्मचारीहरूको मोबाइल जफत गरेका हुन् ।
घटनाबारे स्थानीय प्रहरीसमेत सुरुवातमा अनभिज्ञ देखिए । पछि अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले आफ्नो टोली त्यहाँ पुगेको स्वीकार गरे । तर, उनले भने “चोरीसम्बन्धी अनुसन्धान” का लागि सामान नियन्त्रणमा लिइएको दाबी गरेका छन् ।तर, रिसोर्ट कर्मचारीहरूको भनाइले घटनालाई झन् रहस्यमय बनाएको छ ।
गृहमन्त्री हुनुअघि युवतीसहित आएका थिए
रिसोर्टका एक कर्मचारीका अनुसार सुधन गुरुङ चैत पहिलो साता एक युवतीसहित रिसोर्ट पुगेका थिए । रिसोर्टको नियमअनुसार श्रीमती वा परिवारबाहेक अन्य महिलासँग आउने पाहुनासँग दुवै जनाको परिचयपत्र मागिने व्यवस्था रहेछ । तर, कर्मचारीका अनुसार उनीहरूले दुवैको परिचय खुलाउन मानेनन् । “सुधन गुरुङ नामको एउटा आईडी अहिले पनि रिसोर्टमै छ,” ती कर्मचारीले बताएका छन् ।
दुई महिनापछि ‘चोरी अनुसन्धान’ ?
कर्मचारीहरूका अनुसार प्रहरीले दुई महिनाअघिको फुटेज मागेको थियो । तर, रिसोर्टको प्रणालीमा यति पुरानो फुटेज सुरक्षित नरहने उनीहरूको भनाइ छ ।
“दुई महिनाअघि चोरी भएको भन्दै फुटेज माग्न आए । हाम्रो सिस्टममा त्यति पुरानो फुटेज बस्दैन भन्दा पनि हामी रिकभर गर्छौं भने,” एक कर्मचारीले बताएका छन् ।
रिसोर्टका कर्मचारी अहिले त्रसित अवस्थामा छन् । उनीहरूका अनुसार सर्च वारेन्ट माग्दा उल्टै हप्कीदप्की गरिएको थियो ।
प्रश्नले घेरिएको प्रहरी कारबाही
घटनापछि अहिले धेरै प्रश्न उठिरहेका छन् यदि साँच्चै चोरीको अनुसन्धान थियो भने स्थानीय प्रहरी किन अनभिज्ञ ? दुई महिनाअघिको फुटेज अचानक किन आवश्यक पर्यो ?
सीसीटीभीसँगै कर्मचारीहरूको मोबाइल किन जफत गरियो ? र सबैभन्दा ठूलो प्रश्न के प्रहरीले कुनै प्रमाण सुरक्षित गर्न खोजेको हो, कि प्रमाण नै गायब बनाउन ? भोटेकोशी हेली रिसोर्ट व्यवसायी सुवास प्रधानको लगानीमा सञ्चालित छ । प्रधान हाल कास्की प्रहरीको नियन्त्रणमा छन् ।
घटनाले अहिले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप राजनीतिक र नैतिक प्रश्न उठाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २२:११
सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...
आषाढ़ १२ गते, २०८३ - २२:०९
काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...
आषाढ़ १२ गते, २०८३ - २१:५६
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो



प्रतिकृया लेख्नुहोस्: