काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले संसद भवन अगाडि जेन–जी आन्दोलनका शहीदहरूको सालिक(स्मारक मूर्ति) यथाशीघ्र निर्माण गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शहीदहरूको सम्मान केवल औपचारिक श्रद्धाञ्जलीमा सीमित हुन नहुने भन्दै व्यवहारिक रूपमा पनि न्याय दिनुपर्ने बताइन्। उनले संसद भवन अगाडि नै सालिक निर्माण गरेर शहीदहरूको योगदानलाई स्थायी रूपमा सम्मान गर्नुपर्ने धारणा राखिन्।
उनले भनिन्, “सम्मान मात्रै होइन, व्यवहारिक रूपमा पनि न्याय दिइयोस्, संसद भवन अगाडि शहीदको सालिक यथाशीघ्र निर्माण गरियोस्।”
सांसद खतिवडाले सरकारलाई प्रश्न गर्न नपाउने अवस्था सिर्जना भएको भन्दै आपत्ति जनाइन्। उनले सरकारको आलोचना गर्दा नै असहज वातावरण बनाइने प्रवृत्ति देखिएको उल्लेख गर्दै प्रश्न गरिन्, “यदि सरकार हाम्रो हो भने मैले प्रश्न सोध्न पाउने कि नपाउने ?”
उनका अनुसार लोकतान्त्रिक प्रणालीमा सरकारप्रति प्रश्न उठाउनु नागरिक र सांसद दुवैको अधिकार हो, र त्यसलाई दबाउन नहुने हो।
सांसद खतिवडा जेन–जी आन्दोलनका शहीदकी आमा पनि हुन्। उनले शहीदहरूको स्मृतिमा दीर्घकालीन संरचना निर्माणको माग उठाउँदै आएकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...
श्रावण ११ गते, २०८३ - १७:०८
धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फे...
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...



प्रतिकृया लेख्नुहोस्: