काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री तथा सांसद विपिन आचार्यले श्रमिकले पारिश्रमिक माग्दा समेत ‘भिखारी’ जस्तो व्यवहार भोग्नुपर्ने अवस्था रहेको भन्दै कडा आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले नेपालका विभिन्न क्षेत्रमा श्रमको उचित मूल्य नदिने प्रवृत्ति बढ्दै गएको बताए। उनका अनुसार विद्यालय, सञ्चारमाध्यम, रेस्टुरेन्टदेखि बैंकिङ क्षेत्रसम्म श्रमिकको श्रमको मूल्यभन्दा उनीहरूको बाध्यता बढी नापिने अवस्था छ।
आचार्यले भने, “कम पारिश्रमिक दिने, दिइएको पारिश्रमिक पनि महिनौँसम्म नदिने, र बिना ज्याला दैनिक दुई–चार घण्टा ओभरटाइम गराउने प्रवृत्ति सामान्य जस्तै भएको छ।”
उनले रोजगारदाताको व्यवहारप्रति पनि प्रश्न उठाउँदै काम लगाइसकेपछि पारिश्रमिक दिनुपर्छ भन्ने आधारभूत जिम्मेवारीसमेत बेवास्ता भइरहेको टिप्पणी गरे।
सांसद आचार्यले ‘इन्टर्नसिप’का नाममा हुने सस्तो श्रम शोषण पनि बढ्दो समस्याका रूपमा देखिएको बताए। उनका अनुसार यो अभ्यासले युवा श्रमिकलाई अन्यायपूर्ण रूपमा प्रभावित गरिरहेको छ।
उनले प्रत्येक महिनाको अन्त्यमा अनिवार्य तलब भुक्तानी हुनुपर्ने, ओभरटाइमको स्पष्ट हिसाब र पारिश्रमिक सुनिश्चित हुनुपर्ने, इन्टर्नलाई मर्यादित व्यवहार र उचित सुविधा दिनुपर्ने, तलब ढिला भएमा व्याजसहित भुक्तानी गर्ने कानुनी व्यवस्था हुनुपर्ने, श्रम अधिकार कार्यान्वयनका लागि प्रभावकारी अनुगमन संयन्त्र आवश्यक हुनुपर्ने बताए ।
आचार्यले अन्त्यमा भने, श्रमको सम्मान नगर्ने अर्थतन्त्र दीगो हुन नसक्ने भन्दै राज्य र निजी क्षेत्र दुवैलाई जिम्मेवार बन्न आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...
आषाढ़ १७ गते, २०८३ - १६:४५
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...
आषाढ़ १७ गते, २०८३ - १५:३३
काठमाडौँ। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक ...



प्रतिकृया लेख्नुहोस्: