Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

खबरडबली संवाददाता

सुर्खेत । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हुन् । 

जाजरकोट–जुम्ला सडकखण्डभित्र पर्ने छेडागाड नगरपालिका–१०र११ को बीचमा रहेको लम्तीखोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । २५ मिटर लामो पुल निर्माण कार्य सुरु भएपछि यहाँका स्थानीयवासी खुसी भएका छन् । रु तीन करोड ४२ लाख १० हजार ६१२।२२ मा बजरङ्गा ग्लोरियस एमबिएस जेभी काठमाडौँले उक्त ठेक्का लिएको छ । 

विसं २०८३ वैशाख २ गते सम्झौता भई २०८५ वैशाख २ गते निर्माण कार्य पूरा गर्ने गरेर कामको सुरुआत गरिएको छ । यो पुल निर्माण भइरहेको ठाउँमा हालसम्म सात जना मानिसको खोलामा बगेर मृत्यु भएको छेडागाड नगरपालिका–१० वडाध्यक्ष जयनाथ योगीले जानकारी दिए। उनले भने, “अब पश्चिम जाजरकोटका पालिकासँगको सिधा सम्पर्क जोडिने भएको छ । छेडागाड, कुशे हुँदै जुम्ला जोड्ने सडक निर्माण गर्ने सामग्री लिनेदेखि अन्य पालिकाका कामहरू गर्न सहज भएको छ । अब मानिसहरू पुलको अभावमा मृत्यु हुनुपर्ने छैन । बरु पुल निर्माणको काम समयमै सम्पन्न होस् यही हाम्रो माग रहेको छ ।” 

त्यसैगरी, छेडागाड नगरपालिका–६ सुवानाउली र जुनिचाँदे–५ लामाताराको छेडाखोलामा ४२.७ मिटर लामो ‘बेलिब्रिज’ निर्माणकार्य पूरा भएको छ । पुल निर्माण भएसँगै यहाँका दुई पालिकालाई यात्रा गर्न सहज भएको छ । विसं २०८१ चैत २२ गते सम्झौता भई २०८३ वैशाख ३० गते निर्माण कार्य पूरा गर्नुपर्ने सहमतिअनुसार गौरव हेन्ड्रिक इन्जिनियरिङ जेभी भरतपुर –१६ चितवनले निर्माण गरेको हो । रु तीन करोड ८२ लाख २८ हजार ३७६.६० मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सम्झौता समयभन्दा अगाडि पुल निर्माण भएको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले निर्माण व्यवसायीको धन्यवाद दिए। उनले भने, “यहाँ ठेक्का लिने तर बीचमै अलपत्र धेरै भएका छन् । तर, यो पुल सम्झौता मितिभन्दा अगाडि निर्माण भएको छ ।” 

त्यसैगरी, शिवालय गाउँपालिका–२र८ जोड्ने २५ मिटर लम्बाइको दुई पीपल सडक पुलको काम सुरु भएको छ । रु तीन करोड १५ लाख ७९ हजार ७८२ मा निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्र जैसीले जानकारी दिए। विसं २०८३ वैशाख २ गते सम्झौता भई २०८५ वैशाख २ गते निर्माण कार्य पूरा गर्ने सहमतिअनुसार कामको सुरुआत भएको उहाँले जानकारी दिए। बजरङ्गा ग्लोरियस एमबिएस जेभी काठमाडौँले नै निर्माणको जिम्मेवारी लिएको छ । 

पाँच वर्षदेखि पुल अलपत्र 

छेडाचाँदे–जुम्ला सडकखण्डभित्र पर्ने जाजरकोटको साल्मा खोलामा ९खारा० पक्की पुल निर्माण नहुँदा समस्या भएको छ । छेडागाड नगरपालिका–१ र ४ जोड्ने साल्मा खोला (खारा)मा पुल नेपाल मेघा सिस्ने जेभी नेपालगन्जसँग २०७८ साल असोज २९ गते सम्झौता गरेको थियो । रु चार करोड ८८ लाख एक हजारमा २०८० साल माघ २८ गते सम्पन्न गर्ने जिम्मा लिएको निर्माण व्यवसायीले दुईवटा पिलरको काम गरेर बीचमै छोडेर अलपत्र परेको छ । 

हाल ठेक्का तोडेपछि निर्माण व्यवसायीले मुद्दा दायर गरेको पूर्वाधार कार्यालय प्रमुख जैसीले जानकारी दिए । पाँच वर्षदेखि अलपत्र परेको सो पुलको अनुगमनपछि मन्त्री शाहले भने, “कामको जिम्मेवारी लिने तर बीचमै काम छाडेर भाग्दा परिणाम आउन नसकेको अवस्था छ । बर्सेनि यस्ता खालका आयोजनामा आफूले बजेट विनियोजन गर्र्दै आएको भए पनि खर्च हुन नसक्दा ‘फ्रिज’ हुने गरेको छ । त्यसपछि प्रदेश सरकारको प्रगतिमा समेत बाधा पुगेको छ । चार वटा आर्थिक वर्षमा बजेट विनियोजन गरे पनि काम नहुँदा रकम मूल खातामा आइरहेको छ ।” 

प्रदेश सरकारले लगाएका केही ठेक्काहरूमा निर्माण व्यवसायीले काम नगर्दा बर्सेनि विनियोजन गरेको बजेट राज्यकोषमा जम्मा हुँदै आएको छ । पूर्वाधार विकास कार्यालय, जाजरकोटले लगाएको ठेक्काको काम बीचमै अलपत्र पर्दा दैनिक यो सडक खण्डभित्र चल्ने यातायातका साधनले सास्ती भोग्नुपरेको छ । उक्त निर्माण व्यवसासी लालमाया चलाउने शाहीले भने, “पूर्वाधार विकास कार्यालयले बैङ्क ज्ञारेन्टी निकाल्यो, सामान पनि त्यही छ । म्याद थप पनि गरेनन् त्यसैले अदालत गएको हो ।” 

जुनीचाँदे गाउँपालिका, कुसे गाउँपालिका र छेडागाड नगरपालिकाका सबै वडाका बासिन्दाको मुख्य सडकको साल्मा खोलामा पुल नभएपछि नेपालगन्ज, सुर्खेत, काठमाडौँ आवतवाजत गर्न, स्थानीय तहमा सेवा लिन आउँदाजाँदा स्थानीयले सास्ती भोग्ने गरेको छेडागाड नगरपालिकाका इन्जिनियर प्रेम केसीले जानकारी दिए। 

छेडागाड नगरपालिका–१ र २ बासिन्दाले प्रशासनिक केन्द्र आउनजान वैकल्पिक बाटो नहुँदा खोलामै पस्नुपर्ने बाध्यता छ । पूर्वाधार विकास कार्यालयका प्रमुख जैसीका अनुसार २०८० असार मसान्तसम्म म्याद थप मागेपछि १३औँ संशोधनले निर्माणाधीन अवस्थाका योजनाको म्याद थप गर्ने व्यवस्थाअनुसार नेपाल मेघा सिस्ने जेभी नेपालगन्जले म्याद थपको निवेदन दिएपछि म्याद थप्दा पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन ।  म्याद थप्ने काम कामबाहेक अन्य कुनै पनि काम नभएको पाइएको छ ।

यही ठाउँमा छेडागाड नगरपालिका, जुनीचाँदे, कुसे गाउँपालिकाका अधिकांश बासिन्दालाई यातायातमा सहजता ल्याउन छेडागाड नगरपालिकाले पहिलो कार्यकालमा साल्मा खोलामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट करिब रु ८० लाखभन्दा बढी रकम खर्च गरी कजवे निर्माण गरेको थियो ।

असारमा निर्माण गरेको कजवे साउनको भेलले बगाएपछि बर्खाको समयमा सर्वसाधारणले सहज रूपमा आवतजावत गर्न मुस्किल भएको थियो । एउटै ठेक्काको काम पाँच वर्षसम्म काम पूरा नगरी अलपत्र पार्ने निर्माण व्यवसायीलाई यहाँका जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायले कुनै खबरदारी नगरेको स्थानीयले आरोप लगाएका छन् । यही पुलबाट मध्यपहाडी लोकमार्ग र भेरी करिडोर जोडिने गर्दछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

प्रधानमन्त्रीज्यूले आवश्यकता अनुसार सम्बोधन गर्नैपर्ने ठाउँमा गर्नुहुन्छ: सकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...

प्रधानमन्त्री बालेनको विदेश भ्रमण उपयुक्त समयमा हुन्छ: सरकार प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...

सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...

रवि लामिछानेको भारत भ्रमण जेठ १८ देखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...

सुशासन र सुधारमा केन्द्रित लुम्बिनीको नयाँ नीति तथा कार्यक्रम

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’

मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending