काठमाडौँ। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।
महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ ।
साधारण ढुङ्गाको रोयल्टी दर प्रतिघनमिटर २५ तथा नियमबमोजिम ३० प्रतिशत जरिवाना र १० प्रतिशत स्थानीय विकास शुल्कसमेतको रकम असुल गर्न भनिएको छ ।
खानी तथा खनिज पदार्थ नियमावलीअनुसार, खानीबाट निकालिएको खनिज पदार्थको परिमाणका आधारमा रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको सात दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ ।
खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानीहरूबाट एक अर्ब ५९ करोड ४५ लाख आठ हजार रोयल्टी सङ्कलन भएको छ ।
तोकएको समयमा रोयल्टी नबुझाएको खण्डमा ३० प्रतिशतसम्म जरिवाना रकम तिर्नुपर्ने व्यवस्था छ । विभागका अनुसार तीन वटा कम्पनीले १० प्रतिशत स्थानीय शुल्कसमेत गरी चार करोड ९९ लाख ५४ हजार दाखिला गर्नुपर्ने देखिएको छ ।
सो रकम असुल गर्न प्रतिवेदनमा भनिएको छ । खनिज पदार्थ उत्खनन गर्न अनुमति प्राप्त व्यक्ति, फर्म तथा उद्योगले सम्झौतामा तोकिएको परिमाण मात्र उत्खनन गर्नुपर्ने व्यवस्था भए पनि सो अनुरुप नभएको प्रतिवेदनमा उल्लेख छ ।
विभागले उत्खननकर्ताले बुझाएको परिमाणका आधारमा रोयल्टी लिने गरेकाले खनिज पदार्थको हिसाबकिताब तोकिएको ढाँचामा राख्न महालेखापरीक्षकको कार्यालयले सुझाएको छ ।
उत्खनन अनुमति र माइनिङ स्किमभन्दा बढी उत्खनन गर्ने कार्य नियन्त्रण गर्नुपर्ने निर्देशन दिइएको छ । खनिज कोष स्थापना गर्ने, भौगर्भिक सूचनाको नक्साङ्कन गर्ने, सबै खनिज स्रोतको डेटाबेस तयार गर्नेलगायतका नीति कार्यान्वयन नभएको भन्दै तत्काल प्रक्रिया अगाडि बढाउन भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १३:४५
बिर्तामोड। झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड –५ स्थित नयाँ बसपार्कको सुकुम्बासी बस्तीमा रहेको तीन तले घर भासिएको छ । ७० वर्...
आषाढ़ ७ गते, २०८३ - १३:३८
चितवन । प्रधानमन्त्री बालेन शाह आइतबार चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन आ...
आषाढ़ ७ गते, २०८३ - १३:२४
चितवन। गृहमन्त्री सुधन गुरुङले आजदेखि हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन कार्यक्रम स्थलको निरीक्षण गरेको छन्। आइतबार भरतप...
आषाढ़ ७ गते, २०८३ - १३:१८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन आजदेखि सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय समिति च...
आषाढ़ ७ गते, २०८३ - १३:१०
बर्दिबास। शनिबार राति चुरे क्षेत्रमा परेको वर्षाले उत्तरी भेगको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र हावाहुरीले राजमार्गदेखि ग्रामीण सडकसम्म...
आषाढ़ ७ गते, २०८३ - १२:५९
सर्लाही। सर्लाहीको बसबरिया गाउँपालिका –२ मानपुर टोलमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ५० वर्षीय होसनारायण यादवलाई शनिबा...
आषाढ़ ७ गते, २०८३ - १२:०४
चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन आइतबार बिहान चितवन पुगेका...
आषाढ़ ७ गते, २०८३ - ११:४८
वासिङ्टन डिसी । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ...
आषाढ़ ७ गते, २०८३ - ११:२३
काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ ह...
आषाढ़ ७ गते, २०८३ - ११:१२
चितवन । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्। सभापति थाप...



प्रतिकृया लेख्नुहोस्: