काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न उठाउने दुई जना सेवाग्राही नै पक्राउ परेका छन् ।
विराटनगर–२ का राजेन्द्र रिजाल चार महिनादेखि जिल्ला प्रशासन कार्यालय मोरङ धाइरहेका छन् । तर उनले अझै आफ्नै राष्ट्रिय परिचयपत्र हात पार्न सकेका छैनन् । कारण गत भदौमा भएको ‘जेनजी’ विद्रोहका क्रममा प्रशासन कार्यालयमा आगलागी हुँदा हजारौँ परिचयपत्र जले । अब त्यही कार्ड फेरि बनाउन राज्यले नागरिकसँग पैसा मागिरहेको छ ।
मोरङ प्रशासनका अनुसार आगजनीमा करिब ७० हजार राष्ट्रिय परिचयपत्र नष्ट भएका छन् । ती कार्ड पुनः लिन नागरिकले फेरि फोटो खिचाउनुपर्ने, बायोमेट्रिक दिनुपर्ने र ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला का अनुसार जलेका कार्ड विभागबाट ‘क्यान्सिल’ गरेर पुनः इनरोलमेन्ट गर्नुपर्छ । त्यसका लागि शुल्क लाग्ने उनले बताएका छन् । तर नागरिकको प्रश्न सीधा छ “राज्यले जोगाउन नसकेको कार्डको पैसा नागरिकले किन तिर्ने ?”
राजेन्द्र रिजाल भन्छन्, “मेरो गल्ती केही छैन । राज्यको कमजोरीले कार्ड जल्यो । अब फेरि ५ सय तिर्नुस् भनिँदैछ । मजदुरी गरेर खाने मानिसले कसरी धान्छ ?”
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग भने नियमको आडमा उम्किन खोजिरहेको देखिन्छ । विभागका निर्देशक कमल प्रसाद पाण्डे का अनुसार कार्ड हराए वा नष्ट भए प्रतिलिपिका लागि ५ सय रुपैयाँ लिने कानुनी व्यवस्था छ । यद्यपि आगलागीमा जलेका कार्डको शुल्कबारे “छलफल भइरहेको” उनको भनाइ छ ।
तर घटना भएको महिनौँ बितिसक्दा पनि सरकार अझै “छलफलमै” सीमित छ । राज्यसँग नागरिकको सम्पूर्ण बायोमेट्रिक विवरण सुरक्षित हुँदाहुँदै फेरि लाइनमा उभ्याएर फोटो खिचाउने र शुल्क असुल्ने प्रक्रियालाई धेरैले सरकारी असुलीको नयाँ नमुना भन्दै आलोचना गरेका छन् ।
यसबीच प्रशासन कार्यालयमै शुल्कको विषयमा प्रश्न उठाउने दुई जना सेवाग्राही पक्राउ परेका छन् । कार्यालय स्रोतका अनुसार ५ सय रुपैयाँ किन तिर्ने भनेर आक्रोश व्यक्त गरेपछि उनीहरूलाई दुर्व्यवहारको आरोपमा थुनिएको थियो । एक जनालाई त २४ दिन हिरासतमा राखिएको दाबी गरिएको छ ।
राजनीतिक आन्दोलनका क्रममा सरकारी सुरक्षा कमजोरीले जलेका परिचयपत्रको भार नागरिकमाथि थोपर्नु राज्यको गैरजिम्मेवारी भएको सरोकारवालाहरू बताउँछन् । उनीहरूको माग छ भदौ २४ को घटनालाई विशेष परिस्थिति मानेर सरकारले बिनाशुल्क र सहज रूपमा नागरिकलाई नयाँ परिचयपत्र उपलब्ध गराउनुपर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - ०७:४८
दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो ‘बिश्वकर्मा भलिबल कप–२०२६’ आयोज...
आषाढ़ ४ गते, २०८३ - ०७:३६
जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...
आषाढ़ ४ गते, २०८३ - ०७:३०
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...
आषाढ़ ४ गते, २०८३ - ०७:२७
बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...
आषाढ़ ४ गते, २०८३ - ०७:१५
काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...
आषाढ़ ४ गते, २०८३ - ०७:१०
काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...
आषाढ़ ४ गते, २०८३ - ०७:०७
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...
आषाढ़ ४ गते, २०८३ - ०७:०४
काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...
आषाढ़ ४ गते, २०८३ - ०६:५८
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...
आषाढ़ ४ गते, २०८३ - ०६:५३
काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...



प्रतिकृया लेख्नुहोस्: