काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको छ।
१५ वर्षका किशोर जस्तो देखिने वैभवले मैदानमा भने ठूला बलरहरूमाथि निरन्तर चौका–छक्का प्रहार गर्दै क्रिकेट संसारको ध्यान तानेका छन्। हालैको खेलमा उनले क्रिस गेलको एकै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने १४ वर्ष पुरानो कीर्तिमान तोड्दै ६० छक्का पूरा गरेका थिए।
उनी २९ बलमा ९७ रनको विस्फोटक इनिङ खेल्दै १२ छक्का र ५ चौका प्रहार गरे पनि शतक पूरा गर्न ३ रनले चुकेका थिए।
कुन ब्याट प्रयोग गर्छन् वैभव?
रिपोर्टअनुसार वैभव सूर्यवंशीले भारतको प्रसिद्ध खेल सामग्री निर्माता कम्पनी Sareen Sports Industries (SS) को ब्याट प्रयोग गर्छन्।
यो कम्पनी सन् १९६९ मा स्थापना भएको हो र क्रिकेट ब्याट तथा खेल सामग्री उत्पादनमा चर्चित मानिन्छ। उनका ब्याटमा “SS” लोगो स्पष्ट देखिने गर्दछ।
वैभवले मुख्य रूपमा कश्मिर विलो ब्याट प्रयोग गर्ने र कहिलेकाहीँ इङ्लिस विलो ब्याट पनि प्रयोग गर्ने बताइन्छ। उनी प्रयोग गर्ने ब्याट “हेभी एज” प्रकारको हुने भएकाले शक्तिशाली शट खेल्न सहयोग पुग्ने बताइएको छ।
ब्याटको मूल्य कति?
SS कम्पनीका ब्याटहरूको मूल्य सामान्यतया धेरै दायरा रहेको छ।
साधारण ब्याट: करिब 200 देखि 10,000
मिड–रेन्ज: 10,000 देखि 40,000
प्रोफेसनल/कस्टम ब्याट: 50,000 देखि 2,00,000 सम्म
रिपोर्टअनुसार वैभव सूर्यवंशीले प्रयोग गर्ने विशेष रूपमा तयार गरिएको ब्याटको मूल्य करिब 50,000 देखि 1,00,000 भारतीय रुपैयाँ बीच पर्ने अनुमान गरिएको छ।
वैभव सूर्यवंशीको आक्रामक ब्याटिङले मात्र होइन, उनले प्रयोग गर्ने प्रोफेसनल ग्रेड ब्याट र यसको डिजाइनले पनि उनको पावर हिटिङमा सहयोग पुर्याइरहेको चर्चा क्रिकेट वृत्तमा बढ्दो छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - ०७:१०
काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...
आषाढ़ ४ गते, २०८३ - ०७:०७
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...
आषाढ़ ४ गते, २०८३ - ०७:०४
काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...
आषाढ़ ४ गते, २०८३ - ०६:५८
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...
आषाढ़ ४ गते, २०८३ - ०६:५३
काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...
आषाढ़ ४ गते, २०८३ - ०६:५१
म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ । ...
आषाढ़ ४ गते, २०८३ - ०६:४२
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा खसेको पहिरो हटाइएपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। सड...
आषाढ़ ४ गते, २०८३ - ०६:३८
झापा । जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी क...
आषाढ़ ४ गते, २०८३ - ०६:३६
धनकुटा । गर्मी छल्न भेडेटार पुग्ने पर्यटकका लागि अहिले चिसो मौसम मात्र आकर्षणको केन्द्र छैन । पहाडी भूभागमा उत्पादन भएका ताजा अर्ग्यानिक तरकारी र फलफू...
आषाढ़ ४ गते, २०८३ - ०६:२९
काठमाडौं । देशमा हाल पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेश...



प्रतिकृया लेख्नुहोस्: