काठमाडौँ । चालु आर्थिक वर्षको जेठ ६ गतेसम्म सत्यता नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । सम्पादक समाज नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । काउन्सिलमा दर्ता भएका उजुरीमध्ये दोस्रो सबैभन्दा बढी संख्या मानहानीसँग सम्बन्धित रहेका छन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार तोया गौतमले सूचना विभागमा आठ हजारभन्दा बढी पत्रपत्रिका स्थायी रूपमा दर्ता भए पनि करिब पाँच हजारमात्र प्रकाशन भएर प्रेस काउन्सिल नेपालमा वर्गीकरणका लागि पुगेको जानकारी दिए । पत्रकारले समयअनुसार परिवर्तित प्रविधिको उपयोग गरेर पनि गुणस्तरीय पत्रकारिता गर्न सक्ने उनको कार्यपत्रमा उल्लेख छ ।
कार्यक्रममा नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वकार्यकारी सदस्य इन्जिनियर उमेश गुप्ताले इन्जिनियरिङ संरचना बनेपछि प्रयोग गर्न उपयोगी छ वा छैन भनी सामाजिक परीक्षण गर्ने विषयलाई पनि पत्रकारले समाचार सङ्कलनको विषय बनाउनुपर्ने धारणा राखे । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन नाम चलेकै परामर्शदाता कम्पनीले पनि ‘कपीपेष्ट’ गर्ने गरेकाले यस विषयमा पनि खोजमूलक पत्रकारिता हुनुपर्ने उनको भनाइ थियो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं सूचना सञ्चार विभाग प्रमुख नवीन मानन्धरले पत्रकारिता सत्य र तथ्यमा आधारित हुनुपर्ने र यस्तो पत्रकारितालाई स्थानीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । स्थानीय तहले गरेका गतिविधिका बारेमा मिडियाले राम्रोसँग समाचार सङ्कलन गर्नुपर्नेमा उनले जोड दिए ।
गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेतले लोकतान्त्रिक शासन व्यवस्थामा सही निर्णय गर्न सही सूचना चाहिने भएकाले पत्रकारिताको ठूलो महत्व रहेको स्पष्ट पारे । आमसञ्चारमाध्यमले नागरिकको दैनिकीलाई सहज हुनेगरी काम गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्यालले सामाजिक सञ्जालमा आउने गरेका सूचना सम्पादन नभई आउने र त्यसैलाई आममानिसले पत्रकारिता भनी बुझ्ने गरेकाले पत्रकारिताप्रतिको धारणा नै फरक परेको टिप्पणी गरे । यसका लागि समाजमा मिडिया साक्षरता दिन आवश्यक रहेको औंल्याउँदै उनले सञ्चारमाध्यमले नागरिक अधिकारका बारेमा सुसूचित गर्नुपर्ने धारणा व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १८ गते, २०८३ - ०९:३६
मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रद...
जेष्ठ १८ गते, २०८३ - ०८:३०
काठमाडौँ । चालु आर्थिक वर्षको जेठ ६ गतेसम्म सत्यता नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । सम्पादक समाज ने...
जेष्ठ १८ गते, २०८३ - ०८:२८
म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई बलात्कारकाे आराेपमा एफफकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय धनबहादुर सुना...
जेष्ठ १८ गते, २०८३ - ०८:२५
बाजुरा । बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएक...
जेष्ठ १८ गते, २०८३ - ०८:१९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाल...
जेष्ठ १८ गते, २०८३ - ०८:१५
म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नग...
जेष्ठ १८ गते, २०८३ - ०७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक...
जेष्ठ १८ गते, २०८३ - ०७:५६
काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका नदीहरूको स्वरूप र बहावमा तीव्र परिवर्तन देखिन थालेको एक नयाँ अध्ययनले जनाएको छ। विश्वप्रसिद्ध विज्ञ...
जेष्ठ १८ गते, २०८३ - ०७:५१
लुम्बिनी । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा समूहको प्रभाव क्रमशः कमजोर बन्दै गएको संकेत लुम्बिनी प्रदेशबाट देखिएको छ। एक समय बलियो मा...
जेष्ठ १८ गते, २०८३ - ०७:४१
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ । संसद् सचिवा...



प्रतिकृया लेख्नुहोस्: