Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

मन्त्रिपरिषद्‍ बैठकका चार निर्णय, ओजोन तह संरक्षण सम्झौता अनुमोदन

खबरडबली संवाददाता

काठमाडौँ। सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानि पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।  मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को सिंहदरबारमा बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको उक्त महत्त्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो ।

बैठकले सशस्त्र प्रहरी बल, नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ । सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त समितिको कार्यावधि ४५ दिनका लागि थप गरिएको हो ।

सँगै सरकारले भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नयाँ पदाधिकारी नियुक्ति गरेको छ । निर्णयअनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोला नियुक्त भएको छन् ।  समिति सदस्यमा अमिरप्रसाद न्यौपाने,  पद्मनिती सोती र डा। रोना श्रेष्ठलाई नियुक्त भएको हो ।

 मन्त्रिपरिषद् बैठकका चार निर्णय

-United Nations Environment Programme (UNEP) बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी Moteral Protocal को कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।  

- सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्जुनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने। 

- संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने ।

- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र वास्तोला, कास्की तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने, काठमाडौँ,  पद्मिनी सोती, लमजुङ र डा. रेहना श्रेष्ठ, काठमाडौँलाई नियुक्ति गर्ने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा आजपनि विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन्। दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब दुई घण्टा ढिलोगरी ३ बजे मात्र सुरु भए पनि क...

अल्पमतमा परेपछि परामर्शमा जुटे मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिएको छ। संसदीय दलको नेताबाट हटाउने निर्णयपछि मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक परा...

सगरमाथाको शिखरमा फहराइएको सङ्घीय संसद्को झण्डा सभामुख र अध्यक्षलाई हस्तान्तरण

काठमाडौँ । सङ्घीय संसद्को झन्डासहित सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पा सम्मानित भएको छन् । सभाम...

दरबार हत्याकाण्डको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न प्रतिष्ठानको माग

काठमाडौँ। स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी दरबार हत्याकाण्डको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न माग गरेको छ । प्रतिष्ठानले म...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर

धनगढी। सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । दलका नेता तथा मुख्यमन्त्री कमलबह...

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, भोलि सवा १२ बजेसम्मका लागि सारियो

काठमाडौं। विपक्षी दलहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित भएको घोषणा गर्दै...

मन्त्रिपरिषद्‍ बैठकका चार निर्णय, ओजोन तह संरक्षण सम्झौता अनुमोदन

काठमाडौँ। सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानि पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रि...

सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो, आवश्यक परे फेरि जवाफ दिनुहुन्छ: सरकारको प्रवत्ता

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह सीमा विवादलगायतका विषयमा आवश्यक परे पुन: संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको बत...

कार्की आयोग प्रतिवेदन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित समितिको म्याद ४५ दिन थप

काठमाडौँ। सरकारले जेनजी आन्दोलनकाक्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको समय थप गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले...

सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ। मंगलबार बसेको मन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending