Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

तीन तहका सरकारले सूचना तथा सञ्चार क्षेत्रमा गरेका कामको समीक्षा हुन्छ: सञ्चारमन्त्री तिमिल्सिना

खबरडबली संवाददाता

काठमाडौँ। तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विषयगत समितिको बैठकले सञ्चार क्षेत्रका संरचनागत समस्या समाधान, पुराना कानुन संशोधन, ‘डिजिटल’ प्रणाली विकास तथा सेवा एकीकरणलगायत विषयमा महत्त्वपूर्ण निर्णय गरेको छ ।

सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अन्तर्गत गठित सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी विषयगत समितिको आजको बैठकले सञ्चार क्षेत्रलाई सङ्घीय संरचना अनुसार पुन:संरचना गर्ने दिशामा महत्त्वपूर्ण निर्णय गरेको हो । 

सञ्चार मन्त्रालयमा भएको बैठकले विषयगत समितिको बैठक तथा निर्णयसम्बन्धी कार्यविधि–२०८३ स्वीकृत गर्दै भविष्यमा निर्णय कार्यान्वयनको नियमित अनुगमनको व्यवस्था  गरेको छ ।

बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बदलिँदो प्रविधिसँगै विद्यमान कानुनी ढाँचामा परिवर्तन अपरिहार्य भएको उल्लेख गर्दै संसद्‌बाट अधिकतम कानुन निर्माणका काम प्राथमिकतामा राखिने बताए। सहज सेवा प्रवाह र विकास निर्माणका काममा गति दिन लागि तीन तहका सरकारबीच आपसी समन्वय, सहकार्य तथा सिकाइ आदानप्रदान र खुला छलफल आवश्यक रहेको धारणा उहाँले व्यक्त गरे।

सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रभित्र देखिएको दोहोरो र तेहरो संरचनालाई निर्ममतापूर्वक समीक्षा गर्नुपर्नेमा जोड दिँदै विशेषगरी अनुदान वितरण, विज्ञापन प्रणाली र सञ्चारमाध्यमको प्रभावकारिताबारे पुनरवलोकन आवश्यक भएको बताए। 

लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी बनाउनुपर्ने बताउँदै उनले जनताको करबाट उठेको स्रोत नागरिक हितमै प्रयोग भइरहेको छ वा छैन भन्ने प्रश्नको उत्तर खोजिनुपर्छ भने।

बैठकमा तीन तहका सरकारले एउटै प्रकृतिका कामका लागि छुट्टाछुट्टै संरचना निर्माण गर्दा सेवा प्रवाह जटिल बन्दै गएको, अधिकार र जिम्मेवारीमा अस्पष्टता रहेको तथा एक तहले गरेको काम अर्को तहले स्वीकार नगर्ने प्रवृत्तिले समन्वय कमजोर बनाएकोलगायत विषयहरू उठेका थिए । 

सञ्चारमाध्यम दर्ता र नवीकरण, सञ्चारकर्मीका लागि प्रेस पास वितरण, अनलाइन मिडिया व्यवस्थापन, प्रसारण क्षेत्र, चलचित्र र दूरसञ्चार क्षेत्रका कानुनी अस्पष्टता प्रमुख समस्याका रूपमा उठाइएको थियो ।

आजको बैठकले रेडियोयन्त्र लाइसेन्स व्यवस्थापनलाई व्यवस्थित बनाउन रेडियो ऐन, २०१४ तथा रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ अनुसार प्रदेशले समन्वय गर्ने र कानुनी सुधारका लागि सबै प्रदेशबाट सुझाव सङ्कलन गरी कानुन संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।

अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणलाई लिएर देखिएको अन्योल हटाउन छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४९ संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ । विशेषगरी प्रदेश कानुन अनुसार दर्ता भएका अनलाइन मिडियाको नवीकरण प्रक्रियामा देखिएको समस्या समाधान गर्न तत्काल नियमावली संशोधन प्रक्रिया अघि बढाउने निर्णयसमेत भएको छ ।

सञ्चार क्षेत्रको डाटाबेस र नियमन प्रणालीलाई व्यवस्थित गर्न एकीकृत प्रणाली विकास गर्ने निर्णय पनि बैठकले गरेको छ । सञ्चार मन्त्रालय, प्रदेश, स्थानीय तह तथा प्रेस काउन्सिल नेपालसँग समन्वय गरी सञ्चारमाध्यमको एकीकृत प्रणाली विकास गरिने छ । यसले सञ्चार संस्थाको दर्ता, नवीकरण, निगरानी र अभिलेखीकरणलाई एउटै प्रणालीमा ल्याउने छ ।

हुलाक सेवालाई पुनर्जीवित गर्दै सरकारी कुरियर सेवाका रूपमा रूपान्तरण गर्ने विषय बैठकको अर्को महत्त्वपूर्ण ‘एजेन्डा’का रूपमा रहेको थियो । राहदानी, सवारी चालक अनुमतिपत्र, सीमकार्ड, शैक्षिक प्रमाणपत्रलगायत सरकारी कागजात जनताको घरदैलोमा पुर्‍याउन हुलाक सेवा प्रयोग गर्ने सरकारको योजना अनुसार यसका लागि प्रदेश र स्थानीय तहलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको छ । 

हुलाक कार्यालयका जग्गा तथा सम्पत्तिमाथि भइरहेको अतिक्रमण रोक्न तथा अतिक्रमित सम्पत्ति फिर्ता गराउन सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । 

साथै, सबै तहका सरकारले नीति तथा बजेटमार्फत हुलाक सेवाको विविधीकरण, आधुनिकीकरण र डिजिटल रूपान्तरणका लागि स्रोत सुनिश्चित गर्नेसक्नेबारे छलफल भएको छ ।

विज्ञापन क्षेत्रको व्यवस्थापनमा देखिएको असमानता हटाउन विज्ञापन बोर्डले तयार गरेको नमुना निर्देशिका र स्थानीय तहका लागि नमुना ऐन कार्यान्वयनमा ल्याउने तयारी थाल्ने पनि बैठकले निर्णय गरेको छ । तीन तहबिचको समन्वयमार्फत विज्ञापन प्रणालीलाई पारदर्शी, उत्तरदायी र एकरूप बनाउने लक्ष्य राखिएको छ ।

चलचित्र, वृत्तचित्र, फोटोग्राफी तथा डिजिटल सामग्री उत्पादनलाई उद्योगका रूपमा विकास गर्ने रणनीति पनि बैठकले अघि सारेको छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रवर्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सिर्जनात्मक गन्तव्य बनाउने उद्देश्य राखिएको छ । यसका लागि सबै तहका सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

दूरसञ्चार क्षेत्रमा ग्रामीण दूरसञ्चार विकास कोषको प्रभावकारी उपयोग गरी स्थानीय तहमा ‘ब्रोडब्यान्ड’ सेवा निरन्तरता सुनिश्चित गर्ने, सरकारी प्रकाशन प्रणालीमा एकरूपता कायम गर्न प्रदेश र स्थानीय सरकारका राजपत्र छपाइ नेपाल सरकारले अपनाएको ढाँचा अनुसार गर्ने तथा भाषा आयोगले सिफारिस गरेका मातृभाषामा समाचार उत्पादन, प्रकाशन र प्रसारणलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।

मिथ्या सूचना नियन्त्रण र जिम्मेवार पत्रकारिता प्रवर्धनलाई प्राथमिकतामा राख्दै तीन तहका सरकारले जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राख्ने निर्णय आजको बैठकले गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...

धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रोच जनता पार्टीले भन्यो: ‘डराएनौँ, झुकेनौँ, त्यसैले सरकार झुक्यो’

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...

वडासदस्यले लुकाएर राखेको तीन सय बोरा मल बरामद

ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...

बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक बन्दै, एसपीसहित दर्जनौं घाइते

काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...

आन्दोलनबाट क्षतिग्रस्त सरकारी सवारी र सामग्री लिलाम गरिँदै

तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...

कायानत खातुन मृत्यु प्रकरणमा मन्त्री बादीको चासो, निष्पक्ष अनुसन्धान गर्न निर्देशन

काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

राष्ट्रिय स्वाधीनतामाथि संकट आएको छ, कम्युनिष्ट आन्दोलन एकताबद्ध गर्न प्रचण्डको आह्वान

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending