काठमाडौँ। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ ।
समूह ‘डी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले हरायो । जितसँगै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसअघि समूहको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको थियो ।
जितका लागि एक सय १४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा आठ विकेटको क्षितमा ६२ रन मात्र बनाउन सक्यो । भुटानका लागि देन्छि वाग्मोले सर्वाधिक ३९ रन बनाइन्। यस्तै छादो ओमले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा नेपालका रुबिना क्षेत्रीले तीन विकेट लिइन्। यस्तै रिया शर्माले दुई तथा कविता कुवँर र मनिष उपाध्यायले एक एक विकेट झारिन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १३ रन बनाएको थियो । नेपालका लागि सिता रानामगरले सर्वाधिक ३७ रन बनाइन्। रुविना क्षेत्रीले २४, सोनी पाख्रीनले १३ र सम्झना खड्काले १० रन बनाइन्।
बलिङमा भुटानकी छिरिङ ज्याङ्बो र सोनामले तीन तीन विकेट लिइन्। कप्तान अञ्जु गुरुङले दुई तथा रित्शी चोदेन र रिया प्रधानले एक एक विकेट लिइन्। नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा शनिबार हङकङसँग खेल्नेछ ।
नेपाल रन रेटका आधारमा एक खेल अगावै अघिल्लो चरणमा पुगेको हो । १८ देशको सहभागिता रहेको प्रतियोगितामा समूह ‘डी’ नेपालसहित कतार, हङकङ र भुटान छ ।
सहभागी देशलाई चार समूहमा विभाजन गरिएको छ । यस्तै समूह ‘ए’ मा थाइल्यान्ड, म्यानमार, जापान, बहराइन र मङ्गोलिया रहेको छ । समूह ‘बी’ युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब रहेको छ ।
समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिङ्गापुर रहको छ । समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्ने छन् । क्वार्टरफाइनल खेलका विजेता एसिसी एसिया कपमा छनोट हुने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...
श्रावण ९ गते, २०८३ - १६:३७
काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...
श्रावण ९ गते, २०८३ - १६:२०
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...
श्रावण ९ गते, २०८३ - १६:०८
ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...
श्रावण ९ गते, २०८३ - १५:५७
काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...
श्रावण ९ गते, २०८३ - १५:३७
तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...
श्रावण ९ गते, २०८३ - १५:२४
नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...
श्रावण ९ गते, २०८३ - १५:००
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
श्रावण ९ गते, २०८३ - १३:५६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...



प्रतिकृया लेख्नुहोस्: