Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

कांग्रेस बाराका सभापति राजेश यादव निलम्बित

खबरडबली संवाददाता

ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन सक्रिय भूमिका खेलेको तथा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा यादवलाई निलम्बन गरिएको हो।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बिहीबार ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले अन्तिम निर्णय नभएसम्मका लागि यादवलाई जिल्ला सभापतिको जिम्मेवारी तथा कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा यादवविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा समितिले गत वैशाख ३० गते पहिलो पटक पाँच दिनको समय दिएर स्पष्टीकरण माग गरेको थियो। तोकिएको समयभित्र कुनै जवाफ नआएपछि जेठ १२ गते पुन: तीन दिनको समय दिएर दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो।

तर, दुवै पटकको स्पष्टीकरण मागलाई बेवास्ता गर्दै यादवले कुनै जवाफ नदिएको समितिले जनाएको छ।

दुई पटकसम्म स्पष्टीकरण माग गर्दा पनि प्रतिक्रिया नआएकाले विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्न आवश्यक रहेको निष्कर्षसहित उनलाई निलम्बन गरिएको समितिको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस बाराका सभापति राजेश यादव निलम्बित

ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...

‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे' भन्दै माइतीघरमा नेकपाको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...

कामपाद्वारा शिक्षण अस्पताललाई एक करोड ७० करोड बराबरको डिजिटल उपकरण हस्तान्तरण

काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...

भारतको अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु, २० जना घाइते

नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...

जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक हो: मन्त्री वादी

ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...

अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट साढे १० करोड रुपियाँ फिर्ता

काठमाडौँ। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा तथ...

कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बेहोस भएका दर्जीको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। होल्डिङ सेन्टरमा गत सोमबार बेहोस...

पाकिस्तानको निर्यात वृद्धि

पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...

चिडियाखानामा राखिएको ‘ट्रम्प’ भैँसी

ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending