Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

शुल्क विवादमा बोलाइएका अभिभावकमाथि लाठीकाे वर्षा

प्रहरी भन्छ– ‘आत्मरक्षाका लागि लाठी चलाइयो’

खबरडबली संवाददाता

सर्लाही । निजी विद्यालयको बाँकी शुल्क सम्बन्धी विवादमा सोधपुछका लागि इलाका प्रहरी कार्यालय बोलाइएका एक अभिभावकमाथि कुटपिट भएको आरोप लागेको छ। घटनापछि प्रहरीले छानबिन समिति गठन गरेको छ।

धनकौल गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय हरकठवामा स्थानीय फेकु दासमाथि प्रहरी जवानले कुटपिट गरेको आरोप लागेको हो। यद्यपि, प्रहरीले भने दासले मादक पदार्थ सेवन गरी प्रहरीमाथि आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि लाठी प्रयोग गरिएको जनाएको छ।

के हो विवाद ?

फेकु दासका दुई छोरा अघिल्लो शैक्षिक सत्रमा स्थानीय साइनिङ स्टार एकेडेमी बोर्डिङ स्कुलमा अध्ययनरत थिए। हाल उनले दुवै छोरालाई अन्य विद्यालयमा भर्ना गरिसकेका छन्।

विद्यालय सञ्चालक सञ्जय साहले दासले १३ हजार ६०० रुपैयाँ शुल्क तिर्न बाँकी रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए। सोही विषयमा छलफलका लागि जिल्ला प्रशासन कार्यालयमार्फत इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरिएको थियो।

बोलावटपछि बुधबार दास आफ्नी पत्नीसहित प्रहरी कार्यालय पुगेका थिए। उनले विद्यालयको सम्पूर्ण शुल्क तिरिसकेको दाबी गर्दै कुनै कागजातमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।

दासका अनुसार हस्ताक्षर गर्न नमानेपछि प्रहरी जवान रामजीवन पासवानले उनलाई अर्को कोठामा लगेर बाँसको भाटा र बुटले कुटपिट गरेका थिए।

कुटपिटबाट बायाँ हात, तिघ्रा र पिठ्युँमा चोट लागेको उनका दाजु इन्दल दासले बताए। घटनापछि उनलाई उपचारका लागि बरहथवास्थित हनुमन्त अस्पताल लगिएको थियो।

प्रहरीको दाबी : आत्मरक्षामा लाठी प्रयोग

इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले दासमाथि बल प्रयोग भएको स्वीकार गर्दै कार्यालयभित्र विवाद भएपछि प्रहरी जवानले प्रतिरक्षाका लागि लाठी चलाएको बताए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलले दास मादक पदार्थ सेवन गरेर आएको र प्रहरीमाथि हातपातको प्रयास गरेपछि आत्मरक्षाका लागि लाठी प्रयोग गरिएको दाबी गरे।

उनका अनुसार कानुनले तोकेको सीमाभित्र रहेर मात्र बल प्रयोग गरिएको थियो र घुँडाभन्दा माथि प्रहार नगरिएको दाबी गरे।

छानबिन समिति गठन

एसपी पौडेलले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए।

“घटनाबारे छानबिन सुरु भइसकेको छ। प्रहरीबाट गल्ती भएको पाइए विभागीय कारबाही गरिनेछ,” उनले भने।

उता विद्यालय सञ्चालक सञ्जय साहले पटक–पटक ताकेता गर्दा पनि शुल्क नतिरेकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुपरेको बताएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुल्क विवादमा बोलाइएका अभिभावकमाथि लाठीकाे वर्षा

प्रहरी भन्छ– ‘आत्मरक्षाका लागि लाठी चलाइयो’

हिरासतभित्र आन्दोलनकारीमाथि भएको दुर्व्यवहारकाे निष्पक्ष छानबिनको माग

पूर्वगृहमन्त्री गुरुङमाथि आन्दोलनकारीलाई धम्क्याएको आरोप

पोखरा बसपार्कका सुकुमबासी व्यवस्थापनका लागि ६ स्थान सिफारिस

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न उपयुक्त जग्गा खोज्ने क्रममा ६ वटा स्थान सिफारिस गरि...

सदस्यता विस्तार र डिजिटल संगठन निर्माण अभियान तीव्र बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नवीकरण, विस्तार तथा डिजिटल संगठन निर्माण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय संगठन वि...

हुम्लाका चार विद्यालयमा पाँचभन्दा कम विद्यार्थी

हुम्ला। हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रका चार वटा विद्यालयमा पाँचभन्दा कम विद्यार्थी अध्ययनरत रहेका छन् । स्थानीयले गाउँ छोड्ने क्रम बढ्नु, विद्...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, तोलाको कतिमा झर्याे ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसाय मह...

जातीय भेदभाव उन्मूलनमा संसद प्रतिबद्ध छ : सभामुख अर्याल

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सङ्घीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छन्। जातीय...

रोल्पामा पिकअप दुर्घटना : तीन जनाको मृत्यु

काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना...

एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् । पोख...

हङकङमा मिनिबस, डबलडेकर बस र ट्रक ठोक्किँदा २३ जना घाइते

हङकङ । हङकङको न्यू टेरिटोरिज क्षेत्रमा बिहीबार बिहान मिनिबस, डबलडेकर बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान करि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending