Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

प्रधानमन्त्रीलाई मोबाइलमा के म्यासेज लेखेका रहेछन् सचिव कृष्णहरिले ?

खबरडबली संवाददाता

काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई मोबाइल सन्देश पठाएको खुलेको छ।

उक्त सन्देशकै विषयलाई लिएर सचिव पुष्करलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको स्रोतले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोधपुछपछि उनलाई राति नै रिहा गरिएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार सचिव पुष्करले आफ्नो मुख्यसचिव बन्ने सम्भावना न्यून रहेको उल्लेख गर्दै राजदूत पदका लागि सहयोग गरिदिन प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए।

प्रधानमन्त्रीलाई पठाएको सन्देशमा उनले नेपाल सरकारका सचिवको कार्यकाल पाँच वर्षको हुने व्यवस्था रहेको उल्लेख गर्दै आफ्नो सेवा निवृत्ति आगामी असार २४ गते निश्चित रहेको बताएका छन्।

सन्देशमा उनले लेखेका छन्, 'सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार। नेपाल सरकारका सचिवको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। यसरी हेर्दा मुख्यसचिव पदमा हजुरको विशेष ध्यान भए मात्रै, नत्र कुनै सम्भावना छैन। यही कारण मेरो सेवा निवृत्ति आगामी असार २४ गते सुनिश्चित छ।'

उनले थप लेखेका छन्, 'यसैबीच राजदूत पदका लागि विज्ञापन हेरेँ। यस सम्बन्धमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु।'

स्रोतका अनुसार सचिव पुष्करले आफू प्रधानमन्त्रीको ‘आज्ञाकारी’ रहेको उल्लेख गर्दै आफ्नो स्थायी ठेगाना महोत्तरीको जलेश्वर नगरपालिका–४, सुगा रहेको जानकारी समेत सन्देशमा दिएका थिए।

प्रधानमन्त्री कार्यालयले उक्त सन्देश प्रहरीलाई उपलब्ध गराउँदै आवश्यक सोधपुछ गर्न निर्देशन दिएको बताइएको छ। त्यसपछि प्रहरीले उनलाई काठमाडौँको कपनस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सचिव पुष्करमाथि प्रशासनिक ‘चेन अफ कमान्ड’ उल्लंघन गर्दै व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्रीलाई सन्देश पठाएको आरोप लगाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...

धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रोच जनता पार्टीले भन्यो: ‘डराएनौँ, झुकेनौँ, त्यसैले सरकार झुक्यो’

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...

वडासदस्यले लुकाएर राखेको तीन सय बोरा मल बरामद

ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...

बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक बन्दै, एसपीसहित दर्जनौं घाइते

काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...

आन्दोलनबाट क्षतिग्रस्त सरकारी सवारी र सामग्री लिलाम गरिँदै

तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...

कायानत खातुन मृत्यु प्रकरणमा मन्त्री बादीको चासो, निष्पक्ष अनुसन्धान गर्न निर्देशन

काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

राष्ट्रिय स्वाधीनतामाथि संकट आएको छ, कम्युनिष्ट आन्दोलन एकताबद्ध गर्न प्रचण्डको आह्वान

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending