Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

विद्युत् सस्तो बनाउने बेला भ्याट थपेर महँगी बढाइयो : कुलमान घिसिङ

खबरडबली संवाददाता

काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत्को महसुल घटाउनुपर्ने समयमा उल्टै भ्याट थपेर महँगी बढाउने नीति लिएको आरोप लगाएका छन्।

शुक्रबार उज्यालो नेपाल पार्टीको युवा तथा विद्यार्थी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले आफू नेपाल विद्युत् प्राधिकरणमा कार्यरत रहँदा घाटामा रहेको प्राधिकरणको विद्युत् महसुल तीन पटक गरी २५ प्रतिशत घटाएको स्मरण गरे। उनले महसुल कटौतीबाट करिब २५ अर्ब रुपैयाँ बराबरको राहत पुगेको दाबी गरे।

‘२५ अर्ब रुपैयाँ बराबरको विद्युत् महसुल घटाउँदा पनि प्राधिकरण नाफामा आयो। घाटामा रहेको प्राधिकरणको महसुल घटाउँदा समेत नाफा कमाउन सफल भयौं,’ उनले भने।

घिसिङले नेपालमा हाल धेरै जलविद्युत् आयोजना निर्माण भइरहेकाले आगामी दिनमा विद्युत् उत्पादन बढ्दै जाने र विद्युत् थप सस्तो हुनुपर्ने बताए। तर, सरकारले विद्युत् महसुल घटाउनेतर्फ ध्यान दिनुको सट्टा थप कर लगाउने नीति लिएको उनको आरोप छ।

‘हामीले त अब विद्युत्मा पनि भ्याट लगाउने भयौं। भारतमा समेत विद्युत्मा भ्याट छैन, तर यहाँ सरकारले पाँच प्रतिशत भ्याट लगाएको छ,’ उनले भने, ‘यसले औद्योगिक उत्पादनको लागत बढाउँछ र अन्तत: उपभोक्ताले महँगीको भार बेहोर्नुपर्ने अवस्था सिर्जना हुन्छ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घर फर्किने सपना बीचमै टुट्यो: खोलाले बगायो दुई निर्दोष बालक

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...

लिखु–४ जलविद्युत्को वातावरणीय बजेट खर्चमाथि प्रश्न, गाउँपालिकाले माग्यो स्पष्टिकरण

ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...

लालीगुराँस सहकारीका ९४३ ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...

भूमिहीन र सुकुमवासीमाथि ‘डोजर अभियान’ रोक्न सरकारलाई चेतावनी

बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...

भायानेटको नयाँ अफर : वाईफाई ६ इन्टरनेट, भायाटिभी र डामी एप सुविधा एउटै प्याकेजमा

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...

एनआई सी एशिया बैंकद्वारा आश्रम र विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण

काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...

काठमाडौं–४ मा भोलि वडास्तरीय दौड प्रतियोगिता

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ ।  प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...

रमा तिवारी हत्या प्रकरण : लेनदेन विवादपछि हत्या, भारतीय नागरिक पक्राउ

झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...

रास्वपा सांसद ढकाल सवार गाडी दुघर्टना

गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending