समितिका संयोजक खगेन्द्र पौडेल ले जारी गरेको विज्ञप्तिमा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको विस्थापनप्रति गम्भीर आपत्ति जनाइएको छ। सरकारले यस्ता गतिविधि नरोके थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिइएको छ।
विज्ञप्तिअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहका नाममा सूचना जारी गरी वर्षौंदेखि बसोबास गर्दै आएका हजारौं परिवारलाई वैकल्पिक व्यवस्थाबिना हटाउने, घरटहरा भत्काउने तथा जीविकोपार्जनको आधार समाप्त पार्ने कार्य भइरहेको आरोप लगाइएको छ।
समितिले मोरङ, सुनसरी, सिराहा, महोत्तरी, पर्सा, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेलगायत जिल्लाका विभिन्न बस्तीमा डोजर अभियान सञ्चालन भइरहेको दाबी गरेको छ।
विज्ञप्तिमा यस्ता कार्यहरू सर्वोच्च अदालतका अन्तरिम आदेश, नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक तथा सामाजिक न्यायका सिद्धान्तविपरीत रहेको उल्लेख गरिएको छ। साथै, भूमिहीन तथा सुकुमवासीलाई अपराधीका रूपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाइएको छ।
समितिले भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीहरू पनि राज्यका नागरिक भएकाले उनीहरूको आवासको अधिकार र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको जनाएको छ।
सरकारलाई संवाद, उचित व्यवस्थापन, पुनर्स्थापना तथा न्यायपूर्ण समाधानको बाटो अवलम्बन गर्न आग्रह गर्दै समितिले भूमि अधिकारसम्बन्धी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
यसैबीच, समितिले जेठ ३० र ३१ गते काठमाडौंमा आयोजना हुने भूमि अधिकारसम्बन्धी वृहत् जनसभामा सहभागी हुन सरोकारवाला तथा प्रभावित समुदायलाई आह्वान गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...
श्रावण ९ गते, २०८३ - १६:३७
काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...
श्रावण ९ गते, २०८३ - १६:२०
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...
श्रावण ९ गते, २०८३ - १६:०८
ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...
श्रावण ९ गते, २०८३ - १५:५७
काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...
श्रावण ९ गते, २०८३ - १५:३७
तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...
श्रावण ९ गते, २०८३ - १५:२४
नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...
श्रावण ९ गते, २०८३ - १५:००
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
श्रावण ९ गते, २०८३ - १३:५६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...



प्रतिकृया लेख्नुहोस्: