सल्यान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको सभापतिमा पुन: प्रकाश नेपाली सर्वसम्मत चयन भएको छन्।
सदरमुकाम खलङ्गामा शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा टिकाराम केसी, सचिवमा श्रीकान्त राई, सहसचिवमा हिरा योगी तथा कोषाध्यक्षमा सीता मल्ल चयन भएको छन् ।
सदस्यमा प्रेमबहादुर चलाउने, रूपलाल बूढा, रमेशबहादुर वली, पुष्कर चलाउने, तुलसा खत्री, शेरबहादुर केसी, केशवराज केसी, राजु सुनार र रुद्रमणि शर्मा निर्वाचित भएको छन् ।
अधिवेशनको उद्घाटनसत्रमा बोल्दै प्रतिनिधिसभा सदस्य खिमा विकले जनताको विश्वास अनुसार सुशासन, विकास र सेवामुखी कार्यसम्पादन मार्फत पार्टीलाई अगाडि बढाउनुपर्ने बताए।
सल्यानको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।रास्वपा कर्णाली प्रदेश उपसभापति प्रेम बोहराले प्राकृतिक स्रोतसाधनको सदुपयोग मार्फत कर्णालीको समृद्धि सम्भव रहेको बताए ।
प्रदेश महामन्त्री ललित चन्दले रास्वपा सुशासन, सामाजिक न्याय र रूपान्तरणको अभियानका रूपमा अघि बढिरहेको उल्लेख गर्दै जनअपेक्षा अनुसार काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा रास्वपाका नेता टोपेन्द्र केसी, केवल गिरी, हरि केसी, समीर न्यौपाने तथा रमेश गौतम लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेको थिए ।अधिवेशनमा जिल्लाभरबाट करिब २४० जना प्रतिनिधिको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८३ - २१:४६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...
जेष्ठ २४ गते, २०८३ - २१:४०
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...
जेष्ठ २४ गते, २०८३ - २१:३८
काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...
जेष्ठ २४ गते, २०८३ - २१:३०
उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...
जेष्ठ २४ गते, २०८३ - २१:२८
काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...
जेष्ठ २४ गते, २०८३ - २१:१३
ताप्लेजुङ। ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गर्दै बृहत् सद्भाव र्याली निकालिएको छ। सदरमुकाम फुङलिङमा ‘विकासप्रेमी...
जेष्ठ २४ गते, २०८३ - २१:०५
खोटाङ । खाेटाङकाे खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा स्थापना गरिएको प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) ...
जेष्ठ २४ गते, २०८३ - २०:५६
म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी ...
जेष्ठ २४ गते, २०८३ - २०:५१
काठमाडौं । नेपाली लोकसंगीत र रोधी संस्कृतिको प्रवर्द्धनमा सक्रिय दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवलाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोडेर मनाउन...
जेष्ठ २४ गते, २०८३ - १७:४२
महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको संगठन विस्तार तथा जिल्ला अधिवेशन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। आन्तरिक विवाद...



प्रतिकृया लेख्नुहोस्: