ताप्लेजुङ। ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गर्दै बृहत् सद्भाव र्याली निकालिएको छ। सदरमुकाम फुङलिङमा ‘विकासप्रेमी युवा समाज’ को ब्यानरमा निकालिएको र्यालीमा स्थानीय बासिन्दा, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो।
र्यालीमा सहभागीहरूले केवलकार निर्माणले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने भन्दै निर्माण कार्यलाई निरन्तर अघिबढाउनुपर्ने माग गरेका थिए। फुङलिङ बजार परिक्रमा गरेपछि र्याली वीरेन्द्र चोकमा सभामा परिणत भएको थियो।
सभालाई सम्बोधन गर्दै सरोकारवालाहरूले सरकारले निर्माण कार्यका लागि आवश्यक वातावरण मिलाउनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले परियोजना करिब ६० प्रतिशत पूरा भइसकेको अवस्थामा यसलाई स्थगन गर्नु उपयुक्त नहुने बताउँदै छिटो निर्माण सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे।
कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरे, ज्येष्ठ नागरिक अगुवा कर्ण लिम्बू, जेनजी अगुवा करण गुरुङ, महिला नेतृ मिना गुरुङ, युवा अगुवा पदमचेन्जी माबो लगायतले आ–आफ्ना धारणा राखेका थिए।
निर्माण पक्षका अनुसार परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। निर्माणकै क्रममा सरकारले स्थगन गर्न निर्देशन दिएको भन्ने चर्चा चलीरहेका बेला, निर्माण कार्य अघि बढाउन वातावरण बनाउनुपर्ने मागसहित र्याली आयोजना गरिएको जनाइएको छ।
यता केवलकार निर्माणको विरोध समेत हुँदै आएको छ। केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति र मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले केवलकार खारेजको माग गर्दै आएका छन्। विकासका नाममा निर्माण हुने केवलकारले बिनास हुने र व्यापारी केन्द्र हुने भन्दै बिरोध गर्दै उनीहरूले विरोध गर्दै आएका हुन्। केवलकार निर्माणको पक्ष र विपक्षमा विगत लामो समयदेखि भइरहेका गतिविधिले भने समस्या हुन थालेको केही स्थानीयले बताका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८३ - २१:४६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...
जेष्ठ २४ गते, २०८३ - २१:४०
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...
जेष्ठ २४ गते, २०८३ - २१:३८
काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...
जेष्ठ २४ गते, २०८३ - २१:३०
उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...
जेष्ठ २४ गते, २०८३ - २१:२८
काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...
जेष्ठ २४ गते, २०८३ - २१:१३
ताप्लेजुङ। ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गर्दै बृहत् सद्भाव र्याली निकालिएको छ। सदरमुकाम फुङलिङमा ‘विकासप्रेमी...
जेष्ठ २४ गते, २०८३ - २१:०५
खोटाङ । खाेटाङकाे खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा स्थापना गरिएको प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) ...
जेष्ठ २४ गते, २०८३ - २०:५६
म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी ...
जेष्ठ २४ गते, २०८३ - २०:५१
काठमाडौं । नेपाली लोकसंगीत र रोधी संस्कृतिको प्रवर्द्धनमा सक्रिय दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवलाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोडेर मनाउन...
जेष्ठ २४ गते, २०८३ - १७:४२
महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको संगठन विस्तार तथा जिल्ला अधिवेशन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। आन्तरिक विवाद...



प्रतिकृया लेख्नुहोस्: