कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत नौ सय १७ जनालाई छात्रवृत्ति प्रदान गरेको हो ।
उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययनको अवसर उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०८१ यता उक्त सङ्ख्यामा छात्रवृत्ति प्राप्त गरिएको जनाइएको छ।
तथ्याङ्कअनुसार आव २०८१ मा दुई सय ७६, २०८२ मा दुई सय ८३ र २०८३ मा तीन सय ५८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको शिक्षा महाशाखा प्रमुख नरेन्द्र खातीले जानकारी दिए। अघिल्ला वर्षको तुलनामा चालु वर्षमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको उनले बताए।
यस अवधिमा विज्ञान संकायतर्फ चार सय ७५ जना, व्यवस्थापन संकायतर्फ तीन सय ४३, होटल म्यानेजमेन्टतर्फ ५२ , कानूनतर्फ २७, शिक्षातर्फ नौ र मानविकी संकायतर्फ तीन जनालाई छात्रवृत्ति दिइएको महाशाखा प्रमुख खातीले जानकारी दिए।
चालु आव २०८३ मा मात्रै विज्ञानतर्फ एक सय ७३, व्यवस्थापनतर्फ एक सय ३९, होटल म्यानेजमेन्टतर्फ २६, मानविकीतर्फ दुई , शिक्षातर्फ एक र कानूनतर्फ एक गरी तीन सय ५८ जनालाई छात्रवृत्ति प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।
विगतमा संस्थागत विद्यालयहरूमा उपलब्ध छात्रवृत्तिका लागि प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमार्फत विद्यार्थी छनोट गर्दै आएकामा यस वर्ष एसइईमा प्राप्त नम्बरका आधारमा छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ।
उपमहानगरपालिका प्रमुख गोपाल हमालले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्नुका साथै शैक्षिक अवसरको समानता कायम गर्न सहयोग पुर्याइरहेको बताए। उनले आगामी वर्षहरूमा कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाइने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८३ - २१:४६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...
जेष्ठ २४ गते, २०८३ - २१:४०
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...
जेष्ठ २४ गते, २०८३ - २१:३८
काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...
जेष्ठ २४ गते, २०८३ - २१:३०
उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...
जेष्ठ २४ गते, २०८३ - २१:२८
काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...
जेष्ठ २४ गते, २०८३ - २१:१३
ताप्लेजुङ। ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गर्दै बृहत् सद्भाव र्याली निकालिएको छ। सदरमुकाम फुङलिङमा ‘विकासप्रेमी...
जेष्ठ २४ गते, २०८३ - २१:०५
खोटाङ । खाेटाङकाे खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा स्थापना गरिएको प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) ...
जेष्ठ २४ गते, २०८३ - २०:५६
म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी ...
जेष्ठ २४ गते, २०८३ - २०:५१
काठमाडौं । नेपाली लोकसंगीत र रोधी संस्कृतिको प्रवर्द्धनमा सक्रिय दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवलाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोडेर मनाउन...
जेष्ठ २४ गते, २०८३ - १७:४२
महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको संगठन विस्तार तथा जिल्ला अधिवेशन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। आन्तरिक विवाद...



प्रतिकृया लेख्नुहोस्: