काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले नेपाल–भारत सीमा विवादबारे संसदमा प्रधानमन्त्रीले नभई सम्बन्धित मन्त्रालयले जवाफ दिने प्रस्ट पारेका छन्।
सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल–भारत सीमा विवाद परराष्ट्र मन्त्रालयअन्तर्गत पर्ने भएकाले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्ने विपक्षी दलहरूको माग व्यवहारिक नभएको बताए।
उनका अनुसार परराष्ट्र मन्त्रालयले यस विषयमा आवश्यक प्रस्टिकरण दिइसकेको छ र आवश्यक परेमा संसदमा पनि थप जानकारी दिन सकिने बताइएको छ।
बुर्लाकोटीले भने, “संसदको अवरोध अन्त्य गर्न सभापतिले विपक्षी दलका नेताहरूलाई आग्रह गर्नुभयो। परराष्ट्र मन्त्रालयले प्रस्ट पारिसकेको छ। आवश्यक परे सदनमा पनि राख्न सकिन्छ।”
उनका अनुसार संसदको अवरोध हटाउने विषयमा छलफल सकारात्मक दिशातर्फ अघि बढिरहेको छ। उनले प्रधानमन्त्री मातहतका सम्बन्धित मन्त्रालयहरूले सरकारको प्रतिनिधित्व गर्ने भएकाले सबै विषयमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग व्यवहारिक नहुने तर्क गरे।
बैठकमा विशेषगरी रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणबारे पनि छलफल भएको उनले जानकारी दिए। विपक्षी दलहरूले उठाएका प्रश्नहरूको जवाफ दिन छलफल भएको भए पनि अन्तिम सहमति भने नजुटेको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - १८:०३
मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । ...
जेष्ठ २५ गते, २०८३ - १७:५१
काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालय...
जेष्ठ २५ गते, २०८३ - १७:३८
काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी बोर्डिङ पास अनियमितता प्रकरणमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइत...
जेष्ठ २५ गते, २०८३ - १७:११
काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजेशमान सिंह सहित सात ज...
जेष्ठ २५ गते, २०८३ - १६:५९
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अन...
जेष्ठ २५ गते, २०८३ - १६:५०
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प...
जेष्ठ २५ गते, २०८३ - १६:४१
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ । कांग्रेस केन्द्र...
जेष्ठ २५ गते, २०८३ - १६:०४
काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...
जेष्ठ २५ गते, २०८३ - १५:५८
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...
जेष्ठ २५ गते, २०८३ - १५:२७
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...



प्रतिकृया लेख्नुहोस्: