काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने माग संसद्मै उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेरसम्बन्धी संवेदनशील सूचना चुहावट भएको विषयलाई गम्भीर भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन्।
प्रतिनिधिसभामा बोल्दै उनले अर्थ मन्त्रालयबाट नभई संसद्बाटै स्वतन्त्र छानबिन समिति गठन हुनुपर्ने बताए।
शाहीले भने, “देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालयले होइन, संसदीय छानबिन समिति चाहिन्छ। करका दर हेरफेरको सूचना कसरी बाहिरियो ? यो सामान्य कुरा होइन।”
उनले कर सम्बन्धी संवेदनशील सूचना सीमित व्यक्तिहरू अर्थमन्त्री, अर्थ सचिव र राजस्व सचिवलाई मात्र जानकारी हुने विषय भए पनि चुहावट हुनु गम्भीर अपराध भएको दाबी गरे।
यसै क्रममा उनले हालको सरकार र सत्ता पक्षलाई सुशासनको प्रतिबद्धताबाट विचलित नहुन आग्रह गर्दै कुशासनतर्फ नलाग्न चेतावनी पनि दिए।
साथै, संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकको १६ पेज हटाएर अर्थ मन्त्रालयले संशोधित रूप सार्वजनिक गरेको विषय पनि विवादमा परेको छ।
जानकारहरूका अनुसार संसद्मा पेस भइसकेको विधेयकमा परिवर्तन गर्न संसद्को औपचारिक स्वीकृति अनिवार्य हुन्छ। तर मन्त्रालयले आफ्नै वेबसाइटमा संशोधित विधेयक राखेको भन्दै कानुनी प्रक्रिया उल्लंघन भएको आरोप लगाइएको छ।
यस घटनापछि सरकारमाथि पारदर्शिता र विधि प्रक्रियाबारे प्रश्न उठ्दै संसद्भित्र बहस चर्किएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...
श्रावण ९ गते, २०८३ - १६:३७
काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...
श्रावण ९ गते, २०८३ - १६:२०
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...
श्रावण ९ गते, २०८३ - १६:०८
ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...
श्रावण ९ गते, २०८३ - १५:५७
काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...
श्रावण ९ गते, २०८३ - १५:३७
तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...
श्रावण ९ गते, २०८३ - १५:२४
नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...
श्रावण ९ गते, २०८३ - १५:००
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
श्रावण ९ गते, २०८३ - १३:५६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...



प्रतिकृया लेख्नुहोस्: